Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 82
आसापको भजन।
परमेश्वर विशाल समुदायमा आफ्नो स्थान ग्रहण गर्नुहुन्छ;
“देवताहरूका” बीचमा उहाँले न्याय गर्नुहुन्छ।
कहिलेसम्म तिमीहरू अन्यायीहरूको पक्ष लिइबस्छौ?
र दुष्टहरूको पक्ष लिइरहन्छौ? सेला
दुर्बल र अनाथहरूका पक्षमा खडा होऊ;
गरिब र अत्याचारमा परेकाहरूको हकको रक्षा गर!
दुर्बल र गरिबहरूलाई छुटाओ;
दुष्टहरूका हातबाट तिनीहरूलाई मुक्त गर!
“तिनीहरू न केही जान्दछन्, न त केही बुझ्दछन्;
तिनीहरू अन्धकारमा यताउता डुल्छन्;
पृथ्वीका सारा जग नै डगमगाएका छन्।
“मैले भनेँ, ‘तिमीहरू “देवहरू” हौ;
तिमीहरू सबै सर्वोच्च परमेश्वरका छोराहरू हौ।’
तर तिमीहरू साधारण मानिसहरूझैँ मर्नेछौ;
अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।”
हे परमेश्वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्;
किनकि सारा राष्ट्रहरू तपाईंका उत्तराधिकार हुन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.