Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 77

सङ्गीत निर्देशकको निम्ति, यदूतूनको लागि, आसापको भजन।

मैले सहायताको निम्ति परमेश्‍वरलाई पुकारेँ,

मलाई सुन्‍नुभएको होस् भनेर मैले परमेश्‍वरलाई पुकारेँ।

जब म दुःखमा थिएँ, मैले प्रभुलाई प्रार्थना गरेँ;

रातमा नथाकी उहाँमा मैले हात पसारेँ,

तर मेरो हृदयले सान्त्वना पाएन।

हे परमेश्‍वर, मैले तपाईंको सम्झना गरेँ, र मैले अफसोस गरेँ;

मैले हृदयमा मनन गरेँ, र मेरो आत्मा शिथिल भयो। सेला

तपाईंले मेरा आँखा चिम्‍लन दिनुभएन;

म बोल्न नसक्ने गरी अति दुःखित थिएँ।

मैले बितेका दिनहरूको सम्झना गरेँ,

धेरै अगाडिका वर्षहरू;

रातका मेरा गीतहरू सम्झेँ।

मैले हृदयमा मनन गरेँ, र मेरो आत्माले यो विचार गर्‍यो:

“के प्रभुले सदाको निम्ति मलाई त्याग्नुहुनेछ?

के उहाँले मलाई फेरि कहिल्यै दया देखाउनुहुनेछैन?

के उहाँको अचुक प्रेम सदाको लागि मेटिएको छ?

के उहाँका प्रतिज्ञाहरू सदाको लागि असफल भएका हुन्?

के परमेश्‍वरले दया देखाउन बिर्सनुभएको हो?

के उहाँले आफ्नो रिसमा दयाको दृष्‍टि रोक्नुभएको हो?” सेला

तब मैले सोचेँ, “मेरो पीडाको कारणचाहिँ

सर्वोच्‍च परमेश्‍वरको दाहिने बाहुली परिवर्तन भएको छ।”

म याहवेहका हातका कामहरू स्मरण गर्नेछु;

हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु।

म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु

र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु।

हे परमेश्‍वर, तपाईंका मार्गहरू पवित्र छन्;

हाम्रा महान् परमेश्‍वरझैँ अरू देव को छ र?

तपाईं अचम्मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ;

तपाईंले आफ्नो शक्ति जाति-जातिहरूका बीच प्रकट गर्नुहुन्छ।

तपाईंको शक्तिशाली बाहुलीले आफ्ना मानिसहरूलाई,

याकोब र योसेफका सन्तानहरूलाई उद्धार गर्नुभयो। सेला

हे परमेश्‍वर, समुद्रले तपाईंलाई देख्यो,

सागरले तपाईंलाई देख्यो र डरायो;

गहिरो महासागर डराएर काम्यो।

बादलहरूले झरी बर्साए,

आकाशमा चट्याङ गुन्ज्यो;

तपाईंको बिजुली काँडहरू चारैतिर चम्के।

तपाईंको चट्याङको गर्जन आँधीबेहरीमा सुनियो;

तपाईंको चम्किलो बिजुलीले संसारलाई उज्यालो पारिदियो;

पृथ्वी काम्यो र भुइँचालो गयो।

तपाईंको मार्गले समुद्र भएर डोर्‍यायो;

तपाईंको बाटो महासागरको बीचमा थियो,

यद्यपि तपाईंका पाइलाका छापहरू देखिएनन्।

तपाईंले आफ्ना मानिसहरूलाई भेडाका बथानलाई जस्तै

मोशा र हारूनका हातद्वारा डोर्‍याउनुभयो।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.