Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 76

सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, आसापको भजन; एक गीत।

यहूदामा परमेश्‍वर प्रसिद्ध हुनुभएको छ;

इस्राएलमा उहाँको नाम महान् छ।

उहाँको पाल शालेममा1 छ,

उहाँको वासस्थान सियोनमा छ।

त्यहाँ उहाँले अग्निकाँडहरू भाँच्नुभयो,

ढाल, तरवार र युद्धका हतियारहरू भाँच्नुभयो। सेला

तपाईं ज्योतिले चम्किलो हुनुहुन्छ,

र शिकारले भरिएका पर्वतहरूभन्दा पनि भव्य हुनुहुन्छ।

साहसी मानिसहरू लुटिएका छन्;

तिनीहरू गहिरो निद्रामा परेका छन्;

एउटै पनि शूरवीरले

आफ्नो हात उचाल्न सक्दैन।

हे याकोबका परमेश्‍वर, तपाईंको हप्काइमा

घोडा र रथ दुवै चीर निद्रामा परेका छन्।

तपाईं मात्र भययोग्य हुनुहुन्छ;

तपाईं रिसाउनुहुँदा तपाईंको अगि को खडा रहन सक्छ र?

स्वर्गबाट तपाईंले न्याय घोषणा गर्नुभयो;

र पृथ्वी डरायो र चुपचाप भयो—

हे परमेश्‍वर, जब तपाईं पृथ्वीमा पीडितहरू

सबैलाई बचाउन न्याय गर्न उठ्नुभयो। सेला

निश्‍चय नै मानव-जाति विरुद्ध तपाईंको क्रोधले तपाईंलाई प्रशंसा ल्याउँदछ;

र तपाईंको क्रोधबाट बाँचेकाहरू रोकिएका छन्।

तिमीहरूका परमेश्‍वर, याहवेहलाई भाकल गर, र त्यो पूरा गर;

उहाँलाई, जो भययोग्य हुनुहुन्छ, देशको चारैपट्टि रहने मानिसहरू

सबैले भेटी ल्याऊन्।

उहाँले शासकहरूको घमण्डलाई तोडिदिनुहुन्छ;

पृथ्वीका राजाहरू उहाँसँग डराउँछन्।

Source notes (1)
  1. Footnote शालेम यरूशलेम सहरको छोटो नाम हो, ( उत्प 14:18 )

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.