Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 72

सोलोमनको भजन।

हे परमेश्‍वर, राजालाई तपाईंको न्याय,

र राजाका छोरालाई तपाईंको धार्मिकता दिनुहोस्।

राजाले तपाईंका मानिसहरूलाई धार्मिकतासाथ

र तपाईंका पीडित जनहरूलाई धार्मिकतासाथ न्याय गरून्।

पर्वतहरूले मानिसहरूका लागि समृद्धि ल्याऊन्;

पहाडहरूले धार्मिकताका फल ल्याऊन्।

उहाँले पीडितलाई मानिसहरूबीच रक्षा गरून्,

र अभावमा हुनेहरूका सन्तानहरूलाई बचाऊन्;

उहाँले अत्याचारीहरूलाई नाश गरून्।

जबसम्म सूर्य रहन्छ, र जबसम्म चन्द्रमा रहन्छ,

सबै पुस्ताका मानिसहरूले राजाको भय मानून्।

तिनी काटिएको घाँसको चउरमाथि बर्सने पानीजस्तै,

र जमिनलाई भिजाउन सिँचाइ गरिने झरीहरूझैँ होऊन्।

राजाको शासनकालमा धर्मीहरूको उन्‍नति होस्,

र चन्द्रमा रहुन्जेल देशमा प्रसस्तता होस्।

राजाले एक समुद्रदेखि अर्को समुद्रसम्म, यूफ्रेटिस नदीदेखि

पृथ्वीको अन्तिम छेउ-छाउसम्म शासन गरून्।

राजाको सामु मरुभूमिमा बस्‍नेहरूले दण्डवत् गरून्,

र उनका शत्रुहरूले धुलो चाटून्।

तर्शीश र टाढा सामुद्रिक किनारका राजाहरूले

उनलाई सलामी1 ल्याऊन्;

शेबा र सेबाका राजाहरूले

उनलाई भेटी चढाऊन्।

सबै राजाहरू उनको अगाडि निहुरिऊन्;

र सबै राष्ट्रहरूले उनको सेवा गरून्।

किनकि उनले अभावमा हुनेहरूलाई उद्धार गर्छन्, जसले उहाँलाई पुकार गर्छन्;

पीडितहरू जसको सहायता गर्ने कोही छैन।

दुर्बल र अभावमा भएकाहरूलाई उनले दया देखाउनेछन्,

र अभावमा हुनेहरूको प्राण मृत्युदेखि बचाउनेछन्।

उनले तिनीहरूलाई हिंसा र अत्याचारबाट छुटाउनेछन्;

किनकि उनको दृष्‍टिमा तिनीहरूको रगत बहुमूल्य छ।

तिनी दीर्घायु होऊन्!

तिनलाई शेबाको सुन भेटीस्वरूप दिइयोस्।

तिनको निम्ति मानिसहरूले सधैँ प्रार्थना गरून्,

र दिनभरि नै तिनलाई आशिष् देऊन्।

देशभरि नै प्रशस्त अन्‍न होस्;

पर्वतका टाकुराहरू समेतलाई प्रभावित पारून्।

तिनको बाली लेबनानझैँ फस्टाओस्;

र सहरका मानिसहरू जमिनको घाँसझैँ फस्टाऊन्।

तिनको नाम सदासर्वदा रहिरहोस्;

सूर्य रहुन्जेलसम्म तिनको नाम रहिरहोस्।

तब तिनीद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्;

र तिनलाई धन्यका भन्‍नेछन्।

इस्राएलका परमेश्‍वर, याहवेह परमेश्‍वरलाई प्रशंसा होस्!

उहाँले मात्र अचम्मका काम गर्नुहुन्छ।

उहाँको महिमायोग्य नामको सदासर्वदा प्रशंसा होस्;

उहाँको महिमाले सारा पृथ्वी भरियोस्।

आमेन! आमेन!

यिशैका छोरा दावीदका प्रार्थनाहरू यहीँ समाप्‍त हुन्छ।

Source notes (1)
  1. Footnote राजाहरूले शासन गर्ने समयमा ठूला राजा वा सम्राटलाई साना राजाले सम्मान स्वरूप उपहार वा सलामी दिनुपर्थ्यो

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.