Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 70
सङ्गीत निर्देशकको निम्ति, दावीदको बिन्ती भजन।
हे परमेश्वर, मलाई बचाउनुहोस्;
हे याहवेह, मलाई सहायता गर्न चाँडै आउनुहोस्!
मेरो प्राण लिन खोज्नेहरू
सबै जना शर्ममा र अन्योलमा परून्;
मेरो विनाश चाहनेहरू
सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्।
मलाई “खुच्चिङ! खुच्चिङ!” भन्दै ठट्टा उडाउनेहरू,
लाजको कारण पछि फर्कून्।
तर तपाईंलाई खोज्नेहरू सबै,
तपाईंमा रमाऊन् र आनन्दित होऊन्;
तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्,
“परमेश्वर महान् हुनुहुन्छ!”
तर म त गरिबी र अभावमा छु;
हे परमेश्वर, मकहाँ चाँडो आउनुहोस्;
तपाईं मेरा सहायक र छुटकारा दिने हुनुहुन्छ;
हे याहवेह, ढिलो नगर्नुहोस्!
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.