Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 63

यहूदाको मरुभूमिमा हुँदा दावीदको भजन।

हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ;

म दिलोज्यानले तपाईंलाई खोज्दछु;

पानी नभएको सुक्खा र बाँझो जमिनमा,

मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ।

पवित्रस्थानमा मैले तपाईंको दर्शन गरेको छु,

र तपाईंको शक्ति र महिमालाई देखेको छु।

तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ;

यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ।

मेरो जीवनभरि नै म तपाईंको प्रशंसा गर्नेछु,

र तपाईंको नाममा म मेरो हात उचाल्नेछु।

मेरो प्राण अति उत्तम भोजनझैँ पूर्ण रूपमा सन्तुष्‍ट हुनेछ;

स्तुतिगान गाउँदै मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ।

मेरो ओछ्यानमा म तपाईंलाई सम्झन्छु;

रातको हरेक पहरमा म तपाईंलाई मनन गर्छु।

किनकि तपाईं मेरो सहायक हुनुहुन्छ;

म तपाईंको पखेटाको छायामुनि आनन्दले गाउँछु।

मेरो सम्पूर्ण शक्तिले तपाईंलाई समात्छ;

तपाईंको दाहिने हातले मलाई सम्हालेर राख्दछ।

मलाई मार्न खोज्नेहरूचाहिँ नष्‍ट पारिनेछन्;

तिनीहरू पृथ्वीको गहिराइ भागहरूमा जानेछन्।

तिनीहरू तरवारद्वारा मारिनेछन्;

र स्यालहरूको आहारा हुनेछन्।

तर राजा परमेश्‍वरमा आनन्दित हुनेछन्;

परमेश्‍वरको नाममा शपथ लिनेहरू सबैले उहाँलाई महिमा दिनेछन्;

जबकि झूटो बोल्ने मुख थुनिनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.