Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 62

सङ्गीत निर्देशकको निम्ति, यदूतूनका लागि, दावीदको भजन।

परमेश्‍वरमा मात्र मेरो प्राणले विश्राम पाउँछ;

उहाँबाट नै मेरो मुक्ति आउँछ।

साँच्‍चै, उहाँ मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;

उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म कहिल्यै हार्नेछैनँ।

तिमीहरूले मलाई कहिलेसम्म आक्रमण गरिबस्छौ?

ढल्न लागेको पर्खाल र भत्कन लागेको बारजस्तै मानिसलाई—

तिमीहरू सबै जना मिलेर मलाई ढाल्छौ?

साँच्‍चै मलाई मेरो उच्‍च स्थानबाट खसाल्नलाई

तिनीहरूले योजना बनाएका छन्;

तिनीहरू असत्यतामा रमाउँछन्,

तिनीहरूको मुखलेचाहिँ आशिष् दिन्छन्,

तर तिनीहरूको हृदयले सराप्छन्। सेला

हे मेरो प्राण, परमेश्‍वरमा नै विश्राम गर्;

मेरो आशा उहाँबाटै आउँछ।

साँच्‍चै उहाँ मात्र मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;

उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म हार्नेछैनँ।

मेरो मुक्ति र मेरो सम्मान परमेश्‍वरमा आधारित छ1;

उहाँ मेरो बलियो चट्टान र मेरो शरणस्थान हुनुहुन्छ।

हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर;

आफ्ना हृदय उहाँको सामु पोख;

किनकि परमेश्‍वर हाम्रा शरणस्थान हुनुहुन्छ।

साँच्‍चै निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्;

उच्‍च स्तरका मानिसहरू भ्रम मात्र हुन्।

यदि तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको केही ओजन छैन;

तिनीहरू दुवै एक मुट्ठी सास मात्र छन्।

लुटपाट गर्ने काममा भरोसा नगर,

अथवा चोरीका सामानहरूमा घमण्ड नगर;

तिम्रो धनसम्पत्ति वृद्धि भए तापनि

त्यसमा तिम्रो हृदय नलगाओ!

एउटा कुरा परमेश्‍वरले भन्‍नुभएको छ,

दुई पटक मैले सुनेको छु:

“हे परमेश्‍वर, शक्ति तपाईंमा नै निहित छ;

हे प्रभु, अचुक प्रेम तपाईंमा छ।”

“अनि निश्‍चय नै तपाईंले प्रत्येक मानिसलाई

तिनीहरूका हरेक कामअनुसारको प्रतिफल दिनुहुन्छ।”

Source notes (1)
  1. Footnote अथवा सर्वोच्‍च परमेश्‍वर मेरो मुक्ति र सम्मान हुनुहुन्छ

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.