Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 6
सङ्गीत निर्देशकको निम्ति तारवाला बाजाहरूमा शिमिनिथ, दावीदको भजन।
हे याहवेह, मलाई तपाईंको रिसमा नहप्काउनुहोस्;
न त तपाईंको क्रोधमा मलाई ताडना नै दिनुहोस्।
हे याहवेह, ममाथि कृपा गर्नुहोस्, किनकि म दुर्बल भएको छु;
हे याहवेह, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा घोर पीडा छ।
मेरो प्राण गहिरो वेदनामा छ;
कहिलेसम्म, हे याहवेह, कहिलेसम्म?
हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्;
तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्।
मृतकहरू कसैले तपाईंको नामको स्मरण गर्दैनन्,
चिहानबाट कसले तपाईंको प्रशंसा गर्छ र?
मेरो पीडाले गर्दा म थाकिसकेको छु।
रातभरि मेरो आँसुको बाढीले ओछ्यान तैरिन्छ।
र मेरो आँसुले सिरानी डुबाउँछ।
मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्;
मेरा वैरीहरूका कारणले ती कमजोर भएका छन्।
हे सबै दुष्ट काम गर्नेहरू हो, मबाट टाढा जाओ;
किनकि याहवेहले मेरो रुवाइ सुन्नुभएको छ।
याहवेहले दयाको निम्ति मेरो पुकार सुन्नुभएको छ;
याहवेहले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ।
मेरा सबै शत्रुहरू ज्यादै लज्जित हुनेछन् र डराउनेछन्;
तिनीहरू एकै क्षणमा लज्जित भएर पछि हट्नेछन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.