Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 56

सङ्गीत निर्देशकको निम्ति, टाढाको बाजको रूखको ढुकुरको लयमा आधारित, दावीदको मिक्ताम; जब पलिश्तीहरूले उनलाई गातमा पक्रेका थिए।

हे परमेश्‍वर, ममाथि दया देखाउनुहोस्;

किनकि मेरा शत्रुहरूले मेरो खेदो गर्छन्;

तिनीहरूले मलाई दिनभरि नै आक्रमण गरिरहन्छन्।

मेरा विरोधीहरूले दिनभरि नै मलाई खेदो गर्छन्;

आफ्ना घमण्डमा धेरै जनाले मलाई आक्रमण गर्दछन्।

जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु।

परमेश्‍वरमा, जसको वचनको प्रतिज्ञाको म प्रशंसा गर्दछु—

म उहाँमा भरोसा राख्छु र डराउँदिनँ,

मरणशील मानिसले मलाई के गर्न सक्छ र?

तिनीहरूले दिनभरि नै मेरा कुराहरूको उल्टो अर्थ लगाउँछन्;

तिनीहरूका सबै योजनाहरू मेरो हानिको लागि हुन्छन्।

मलाई मार्ने आशामा

तिनीहरू षड्यन्त्र रच्छन्, लुकी बस्छन्;

तिनीहरूले मेरा कदमहरू नियाल्छन्।

तिनीहरूका दुष्‍टताको कारण तिनीहरूलाई उम्कन नदिनुहोस्;

हे परमेश्‍वर, तपाईंको रिसमा राष्ट्रहरूलाई ढालिदिनुहोस्!

तपाईंले मेरो विलापको लेखा राख्नुहोस्;

मेरा आँसुको हिसाब बोतलमा राख्नुहोस्—

तपाईंको पुस्तकमा के ती सबै लेखिएका छैनन् र?

जब म सहायताको निम्ति पुकार्छु,

तब मेरा शत्रुहरू मबाट पछि हटेर जानेछन्।

यस कुराबाट परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ भन्‍ने कुरा म जान्दछु।

परमेश्‍वरमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु,

याहवेहमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु—

परमेश्‍वरमा म भरोसा राख्दछु; र म डराउँदिनँ।

मलाई मरणशील मानिसले के गर्न सक्छ र?

हे मेरा परमेश्‍वर, मैले तपाईंसँग भाकलहरू गरेको छु;

मेरो धन्यवादको बलि म तपाईंलाई चढाउनेछु;

किनकि तपाईंले मलाई मृत्युबाट बचाउनुभएको छ;

र मेरा पाउलाई ठेस लाग्नदेखि बचाइदिनुभएको छ,

ताकि म परमेश्‍वरको सामु

जीवनको ज्योतिमा हिँड्न सकूँ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.