Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 5

सङ्गीत निर्देशकको निम्ति बाँसुरीसहित गाइने, दावीदको भजन।

हे याहवेह, मेरा शब्दहरूमा कान लगाइदिनुहोस्;

मेरो सुस्केरामा ध्यान दिनुहोस्।

हे मेरा राजा, मेरा परमेश्‍वर,

सहायताको निम्ति मेरो पुकार सुनिदिनुहोस्;

किनकि तपाईंलाई म प्रार्थना गर्दछु।

हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्‍नुहुन्छ;

सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु,

र आशामा प्रतीक्षा गर्दछु।

तपाईं दुष्‍टतासँग प्रसन्‍न हुनुहुने परमेश्‍वर हुनुहुन्‍न;

दुष्‍ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्।

घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्।

दुष्‍ट काम गर्नेहरू सबैलाई

तपाईं घृणा गर्नुहुन्छ।

झूटो बोल्नेहरूलाई तपाईंले नष्‍ट पार्नुहुन्छ;

रक्तपात गर्ने र छलीहरूलाई

तपाईं याहवेहले घृणा गर्नुहुन्छ।

तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा

तपाईंको भवनभित्र आउनेछु;

तपाईंको पवित्र मन्दिरतिर

म श्रद्धासाथ दण्डवत् गर्नेछु।

हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्‍याउनुहोस्;

मेरा शत्रुहरूका कारण,

तपाईंको मार्ग मेरो सामु सोझो पारिदिनुहोस्।

तिनीहरूका मुखका एउटै शब्दमा पनि सत्यता छैन;

तिनीहरूका हृदय विनाशले1 भरिएको छ।

तिनीहरूका घोक्रो खुल्‍ला चिहानजस्तै छ;

तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।

हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्;

तिनीहरूका आफ्नै जाल पतनको कारण होस्।

तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्;

किनकि तिनीहरूले तपाईंका विरुद्धमा विद्रोह गरेका छन्।

तर तपाईंमा शरण लिनेहरूचाहिँ खुशी होऊन्;

र तिनीहरू आनन्दले गीत गाऊन्।

तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्;

र तपाईंको नामलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्।

निश्‍चय नै, हे याहवेह, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ;

तपाईंले ढाललेझैँ, तपाईंको कृपादृष्‍टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।

Source notes (1)
  1. Footnote रोमी 3:13

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.