Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 47
सङ्गीत निर्देशकको निम्ति, कोरहको छोराहरूका भजन।
हे सबै जाति-जातिका मानिसहरू हो, ताली बजाओ;
उच्च सोरले परमेश्वरको निम्ति जयजयकार गर!
सर्वोच्च याहवेह कस्तो महान् हुनुहुन्छ,
सारा पृथ्वीभरिका महाराजा।
उहाँले राष्ट्रहरूलाई हाम्रा अधीनमा,
र जाति-जातिहरूलाई हाम्रा पैतालामुनि पार्नुभएको छ।
उहाँले हाम्रा निम्ति उत्तराधिकारको भाग छान्नुभयो,
याकोबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। सेला
परमेश्वर आनन्दको सोरसित,
याहवेह तुरहीको आवाजसित माथि उक्लनुभएको छ।
परमेश्वरको निम्ति गीत गाओ, गीत गाओ;
हाम्रा राजाको निम्ति गीत गाओ, गीत गाओ!
किनकि परमेश्वर सारा पृथ्वीका राजा हुनुहुन्छ;
उहाँको निम्ति प्रशंसाको भजन गाओ!
परमेश्वरले राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ;
परमेश्वर उहाँको पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ।
अब्राहामका परमेश्वरका मानिसहरूझैँ
राष्ट्रहरूका श्रेष्ठ व्यक्तिहरू भेला भएका छन्;
किनकि पृथ्वीका1 शासकहरू परमेश्वरकै हुन्;
परमेश्वर अति उच्च हुनुहुन्छ।
Source notes (1)
- Footnote अथवा ढालहरू
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.