Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 4
सङ्गीत निर्देशकको निम्ति तारवाद्यको साथ, दावीदको भजन।
हे मेरा धार्मिक परमेश्वर,
मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्।
मेरो सङ्कष्टबाट मलाई मुक्त गर्नुहोस्;
ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्।
हे मानिसहरू हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म शर्ममा परिवर्तन गरिरहन्छौ?
तिमीहरू कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र असत्यको1 पछि लागिरहन्छौ? सेला
याद राख: याहवेहले आफ्नो निम्ति विश्वासयोग्य सेवकहरू छुट्ट्याउनुभएको छ;
मैले पुकार गर्दा याहवेहले सुन्नुहुन्छ।
रिसमा पर्दा पाप नगर।
जब तिमी ओछ्यानमा पल्टन्छौ,
आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो। सेला
धार्मिकताका बलिदानहरू चढाओ,
र याहवेहमाथि भरोसा राख।
धेरैले सोध्दछन्, “हामीलाई कसले असल कुरा देखाउन सक्ला?”
हे याहवेह, तपाईंको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्!
तपाईंले तिनीहरूका कटनी र नयाँ दाखमद्यको प्रशस्ततामा हुने, आनन्दभन्दा बढी
आनन्दले मेरो हृदय भरिदिनुभएको छ।
म शान्तिसँग पल्टिनेछु र निदाउनेछु;
किनकि हे याहवेह, तपाईंले मात्र
मलाई सुरक्षित राख्नुहुन्छ।
Source notes (1)
- Footnote अथवा असत्य देवताहरूको
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.