Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 39

सङ्गीत निर्देशकको निम्ति, यदूतूनको लागि, दावीदको भजन।

मैले भनेँ, “म आफ्नो चालचलनमा होसियार रहनेछु,

र मेरो जिब्रोलाई पापबाट रोक्नेछु;

दुष्‍टहरूको उपस्थितिमा,

म आफ्नो मुखमा मोहोलो लगाएर बस्‍नेछु।”

तर जब मैले पूर्ण मौन धारण गरेँ,

तब असल कुरा पनि बोलिनँ,

तर मेरो पीडा झन् बढेर गयो।

मेरो हृदय मभित्र जलिरह्‍यो;

मैले मनन गर्दा, आगो दन्कियो;

तब मैले मेरो जिब्रोले बोलेँ:

“हे याहवेह, मेरो जीवनको अन्त्य देखाउनुहोस्,

र मेरो जीवन अब कति दिन बाँकी छ;

मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्‍न दिनुहोस्!

तपाईंले मेरो जीवनकाल छोटो बनाउनुभएको छ;

तपाईंको दृष्‍टिमा मेरो जीवनको आयु नगण्य छ।

हरेक मानिसको जीवन एक मुट्ठी सास मात्र हो;

तिनीहरूको पनि जसले आफूलाई सुरक्षित सम्झन्छन्। सेला

“निश्‍चय नै हरेक मानिस एउटा छायाजस्तै हिँड्‍डुल गर्छ;

व्यर्थमा तिनीहरू धनसम्पत्ति थुपार्न हतार गर्छन्;

तर त्यो अन्त्यमा कसको हुन्छ, सो जान्दैनन्।

“हे प्रभु, अब म के कुराको निम्ति प्रतीक्षा गरूँ?

मेरो आशा त तपाईंमा नै छ।

मलाई मेरा सबै अपराधहरूबाट छुटाउनुहोस्;

मलाई मूर्खहरूको अपमानको पात्र नबनाउनुहोस्।

म मौन थिएँ; मैले मेरो मुख खोलिनँ;

किनकि त्यो गर्ने तपाईं नै हुनुहुन्छ।

तपाईंको विपत्ति मबाट हटाउनुहोस्;

तपाईंको हातको मुक्‍काबाट म पराजित भएको छु।

जब तपाईंले मानिसहरूलाई तिनीहरूका पापको निम्ति हप्काउनुहुन्छ र ताडना दिनुहुन्छ;

तब तपाईंले तिनीहरूका धनसम्पत्ति धमिरालेझैँ नष्‍ट पार्नुहुन्छ—

साँच्‍चै, हरेक मानिस एक मुट्ठी सास मात्र हो। सेला

“हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्,

मदतको निम्ति मैले गरेको पुकार सुनिदिनुहोस्;

मेरो आँसुलाई त्यसै नटारिदिनुहोस्;

किनकि प्रवासीझैँ म तपाईंमा आश्रित छु,

मेरा सबै पुर्खाहरूजस्ता थिए, त्यस्तै नै एक परदेशी हुँ।

मेरो अन्त हुनुभन्दा अगि नै

मबाट क्रोधको दृष्‍टि हटाउनुहोस्, ताकि म फेरि हर्षित हुन सकूँ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.