Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 30

मन्दिर समर्पणको निम्ति गीत; दावीदको भजन।

हे याहवेह, म तपाईंलाई उच्‍च पार्नेछु;

किनकि तपाईंले मलाई गहिराइबाट माथि उचाल्नुभएको छ,

र मेरा शत्रुहरूलाई ममाथि विजय हुन दिनुभएको छैन।

हे याहवेह, मेरा परमेश्‍वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारेँ,

र तपाईंले मलाई निको पार्नुभयो।

हे याहवेह, तपाईंले मलाई पातालबाट माथि निकालेर ल्याउनुभएको छ;

तपाईंले मलाई चिहानमा जानदेखि बचाउनुभएको छ।

हे याहवेहका पवित्र जनहरू हो, उहाँको स्तुति गाओ;

उहाँको पवित्र नामको स्तुति गर।

किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ;

तर उहाँको कृपादृष्‍टि जीवनभरि नै रहन्छ;

रुवाइ रातभरि मात्र रहन्छ,

तर बिहान आनन्द आइहाल्छ।

जब मैले आफूलाई सुरक्षित पाएँ, तब मैले भनेँ,

“म कहिल्यै ढलपल हुनेछैनँ।”

हे याहवेह, जब तपाईंले ममाथि आफ्नो कृपादृष्‍टि राख्नुभयो,

तब तपाईंले मलाई पहाड1 समान स्थिर पार्नुभयो;

तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो,

म निराश भएँ।

हे याहवेह, तपाईंलाई मैले पुकारेँ;

प्रभुलाई मैले दयाको निम्ति बिन्ती गरेँ;

“यदि मेरो विनाश भयो भने,

यदि म चिहानमा गएँ भने के लाभ हुन्छ र?

के धुलोले तपाईंको प्रशंसा गर्छ र?

के त्यसले तपाईंको विश्‍वसनीयताको घोषणा गर्छ र?

हे याहवेह, मेरो बिन्ती सुन्‍नुहोस् र ममाथि कृपालु हुनुहोस्;

हे याहवेह, तपाईं मेरो सहायक बन्‍नुहोस्।”

तपाईंले मेरो विलापलाई उल्‍लासमय नाचमा परिवर्तन गर्नुभयो;

तपाईंले मेरो शरीरबाट भाङ्ग्राको वस्त्र हटाइदिनुभयो

र आनन्दको वस्त्र पहिर्‍याइदिनुभयो,

ताकि मेरो हृदयले तपाईंको स्तुतिगान गरोस् र चुप नलागोस्।

हे याहवेह, मेरा परमेश्‍वर, म सदासर्वदा तपाईंलाई प्रशंसा चढाउनेछु।

Source notes (1)
  1. Footnote अथवा सियोन पर्वत

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.