Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 29
दावीदको भजन।
हे स्वर्गदूतहरू हो,1 याहवेहको गुणगान गर।
याहवेहलाई महिमा र शक्तिको श्रेय देओ।
याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ;
याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर।
याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ;
महिमाका परमेश्वर गर्जनुहुन्छ;
याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ।
याहवेहको आवाज शक्तिशाली छ;
याहवेहको आवाज प्रतापी छ।
याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्;
याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ।
उहाँले लेबनानलाई एउटा बाछाझैँ,
र सिरिओनलाई2 जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ।
याहवेहको आवाजले
बिजुलीका चमकझैँ प्रहार गर्छ।
याहवेहको आवाजले मरुभूमिलाई हल्लाउँदछ;
याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ।
याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ,3
र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ।
उहाँको भवनमा सबै जना “महिमा!” भन्दै कराउँछन्।
याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ;
याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ।
याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ;
याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।
Source notes (3)
- Footnote मूल भाषामा परमेश्वरका पुत्रहरू
- Footnote अथवा हेर्मोन डाँडा
- Footnote अथवा मृगले बच्चा जन्माउँछे
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.