Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 28
दावीदको भजन।
हे याहवेह, म तपाईंलाई पुकार्दछु;
तपाईं मेरा चट्टान हुनुहुन्छ,
मेरो पुकार नसुनेजस्तो नगर्नुहोस्;
किनकि यदि तपाईं मौन रहनुभयो भने,
म चिहानमा पर्नेहरूजस्तै हुनेछु।
मेरा हातहरू तपाईंको महा-पवित्रस्थानतर्फ पसार्दा,
मदतको निम्ति मैले तपाईंलाई पुकार्दा,
तपाईंको कृपाको निम्ति मेरो पुकार सुन्नुहोस्।
मलाई दुष्टहरूसित मर्नलाई नलैजानुहोस्;
ती दुष्ट काम गर्नेहरूसित,
जो छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्छन्,
तर तिनीहरूका हृदयमा भने उनीहरूलाई क्षति पुर्याउने योजना गर्छन्।
तिनीहरूका काम र तिनीहरूले गरेका
दुष्ट कामअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्;
तिनीहरूका हातका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहोस्;
र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस्।
किनकि तिनीहरूले याहवेहका कामहरू,
र उहाँका हातले गरेका कामहरूको इज्जत गर्दैनन्;
उहाँले तिनीहरूलाई नष्ट पार्नुहुनेछ,
र तिनीहरूलाई फेरि पुनर्निर्माण गर्नुहुनेछैन।
याहवेहलाई प्रशंसा होस्;
किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्नुभएको छ।
याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ;
मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ;
मेरो हृदय आनन्दले उफ्रन्छ,
र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।
याहवेह आफ्नो प्रजाको निम्ति शक्ति हुनुहुन्छ,
र आफ्नो अभिषिक्त जनको निम्ति मुक्तिको किल्ला हुनुहुन्छ।
तपाईंको प्रजाहरूलाई बचाउनुहोस् र तपाईंको उत्तराधिकारलाई आशिष् दिनुहोस्;
तिनीहरूका गोठालो हुनुहोस् र सदाकालको निम्ति तिनीहरूलाई सम्हाल्नुहोस्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.