Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 16

दावीदको मिक्ताम।

हे मेरा परमेश्‍वर, मलाई रक्षा गर्नुहोस्;

किनकि मैले तपाईंमा शरण लिएको छु।

मैले याहवेहलाई भने, “तपाईं मेरा प्रभु हुनुहुन्छ;

तपाईंबाहेक मसँग अरू कुनै असल कुरो छैन।”

पृथ्वीमा भएका भक्तजनहरू1 चाहिँ,

“तिनीहरू नै आदर्श छन्; र तिनीहरूमा नै मेरो पूरा आनन्द छ।”

अरू देवताहरूको पछि लाग्नेहरूको दुःख बढ्दैजानेछ।

म ती देवताहरूलाई रक्तबलि चढाउनेछैनँ।

न त तिनीहरूका नाम मेरो ओठले उच्‍चारण गर्नेछ।

हे याहवेह, तपाईं नै मेरो हिस्सा र कचौरा हुनुहुन्छ;

तपाईंले नै मेरो भाग सुरक्षित राखिदिनुभएको छ।

सिमानाका रेखाहरू मेरो मनपर्ने ठाउँमा परेका छन्;

साँच्‍चै नै मलाई मनपर्ने पैतृक सम्पत्ति पाएको छु।

यसैकारण म याहवेहको प्रशंसा गर्दछु, जसले मलाई परामर्श दिनुहुन्छ;

रातमा पनि मेरो हृदयले मलाई निर्देशन दिन्छ।

म मेरो आँखा सधैँ याहवेहमा राख्दछु,

उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।

यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ;

मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ।

किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन;

न त तपाईंले आफ्ना पवित्र2 जनको शरीर कुहुन दिनुहुनेछ।

जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ;

आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।

तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।

Source notes (2)
  1. Footnote मूल भाषामा पवित्र जनहरू
  2. Footnote अथवा विश्‍वासयोग्य

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.