Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 146

याहवेहको प्रशंसा गर!1

हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!

म मेरो जीवनभरि याहवेहको प्रशंसा गर्नेछु;

म बाँचुन्जेल मेरा परमेश्‍वरको प्रशंसा गाउनेछु।

शासकहरूमाथि भरोसा नगर;

मानव-जातिमाथि, जसले बचाउन सक्दैन।

जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्;

त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्।

धन्य हुन् तिनीहरू, जसका सहायक याकोबका परमेश्‍वर हुनुहुन्छ,

जसको आशा याहवेह तिनीहरूका परमेश्‍वरमा हुन्छ।

उहाँ स्वर्ग र पृथ्वी,

समुद्र र त्यसमा भएका सबै थोकका सृष्‍टिकर्ता हुनुहुन्छ;

उहाँ सदाकाल विश्‍वासयोग्य रहनुहुन्छ।

उहाँले थिचोमिचोमा परेकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ;

र भोकाएकाहरूलाई भोजन दिनुहुन्छ।

याहवेहले कैदीहरूलाई स्वतन्त्र गरिदिनुहुन्छ;

याहवेहले दृष्‍टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ;

र दबिएकाहरूलाई उठाउनुहुन्छ;

याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ।

याहवेहले विदेशीहरूको रक्षा गर्नुहुन्छ;

अनाथ र विधवाहरूलाई सम्हाल्नुहुन्छ;

तर दुष्‍टहरूको योजनालाई विफल पारिदिनुहुन्छ।

याहवेहले सदासर्वदा राज्य गर्नुहुन्छ।

हे सियोन, तेरा परमेश्‍वरले सारा पुस्तौँ-पुस्तासम्म राज्य गर्नुहुनेछ।

याहवेहको प्रशंसा गर!

Source notes (1)
  1. Footnote मूल भाषामा हल्‍लेलूयाह ; 10 पदमा पनि

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.