Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 129

आरोहणको गीत।

“मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,”

इस्राएलले यसो भनोस्;

“तिनीहरूले मेरो युवावस्थादेखि मलाई धेरै सताएका छन्;

तर तिनीहरूले मलाई जित्न सकेका छैनन्।

हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्;

र पिठिउँभरि लामा फालिहरूले कोरेका छन्।

तर याहवेह धार्मिक हुनुहुन्छ;

उहाँले दुष्‍टहरूका बन्धन तोडेर मलाई मुक्त गर्नुभएको छ।”

सियोनलाई घृणा गर्नेहरू सबै

लज्जित भएर फर्किऊन्!

तिनीहरू छानामाथिका घाँसजस्ता होऊन्,

जो बढ्न नपाउँदै ओइलाइहाल्छन्;

त्यसबाट काट्नेले आफ्नो एक मुट्ठी पनि भर्न सक्दैन,

न बिटा बटुल्नेले एक अँगालो नै भर्न सक्दछ।

त्यहाँबाट भएर जानेहरूले तिनीहरूका निम्ति यस्तो कामना नगरून्,

“याहवेहको आशिष् तिमीहरूमाथि रहोस्;

याहवेहका नाममा हामी तिमीहरूलाई आशिष् दिन्छौँ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.