Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 12

सङ्गीत निर्देशकको निम्ति शिमिनिथ। दावीदको भजन।

हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्;

विश्‍वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्।

हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्;

तिनीहरूका ओठले चापलुसी गर्छन्;

तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्।

सबै चापलुसी गर्ने ओठहरूलाई

र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—

तिनीहरू जसले भन्छन्,

“हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ;

हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?”

याहवेह भन्‍नुहुन्छ,

“दुर्बलहरूमाथि भएको अत्याचार

र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु,

म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।”

याहवेहका वचनहरू खोटरहित छन्,

ती भट्टीमा सातपल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।

हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ,

र दुष्‍टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ,

जब मानिसहरूका बीचमा दुष्‍टताको सम्मान हुन्छ;

दुष्‍टहरू गमक्‍क भई खुल्‍ला रूपमा डुलिहिँड्छन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.