Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 113
याहवेहको प्रशंसा गर!1
हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर!
याहवेहको नामको प्रशंसा गर!
अहिलेदेखि लिएर सदासर्वदा,
याहवेहको नामको प्रशंसा भइरहोस्!
सूर्योदयदेखि सूर्यास्तसम्म नै
याहवेहको नामको प्रशंसा हुनुपर्छ!
याहवेह सबै राष्ट्रहरूमाथि सर्वोच्च हुनुहुन्छ;
र उहाँको महिमा आकाशभन्दा उच्च छ।
याहवेह हाम्रा परमेश्वरजस्तो को छ र?
उहाँ उच्च सिंहासनमा विराजमान हुनुहुन्छ,
जो स्वर्ग र पृथ्वीलाई हेर्न भनी
तल निहुरनुहुन्छ।
उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ,
अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ।
उहाँले तिनीहरूलाई राजकुमारहरूसित,
आफ्नै प्रजाका राजकुमारहरूसित बसाउनुहुन्छ।
उहाँले बाँझी स्त्रीलाई सन्तान दिनुभएर
उनलाई सुखी आमाको रूपमा उनको घरमा स्थिर गरिदिनुहुन्छ।
याहवेहको प्रशंसा गर!
Source notes (1)
- Footnote मूल भाषामा हल्लेलूयाह ; 9 पदमा पनि
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.