Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 111

याहवेहको प्रशंसा गर!1

म मेरो सारा हृदयले,

धर्मी मानिसहरूको सभामा र समुदायमा म याहवेहलाई उच्‍च पार्नेछु।

याहवेहका कार्यहरू महान् छन्;

ती कार्यहरूमा प्रसन्‍न हुनेहरू सबैले तीमाथि मनन गर्छन्।

उहाँका कार्य महिमामय र ऐश्‍वर्यपूर्ण छन्;

र उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ।

उहाँले आफ्ना अद्‌भुत कार्यहरूको स्मरण गराउनुभएको छ;

याहवेह अनुग्रही र दयालु हुनुहुन्छ।

उहाँको भय मान्‍नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ;

र उहाँ आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ।

अन्य राष्ट्रहरूको भूमि आफ्ना प्रजालाई दिएर,

उहाँले तिनीहरूलाई आफ्ना कार्यको शक्ति प्रकट गर्नुभएको छ,

उहाँका हातका कार्य विश्‍वासयोग्य र न्यायपूर्ण छन्;

उहाँका सबै विधिहरू भरपर्दा छन्।

ती सदासर्वदाको लागि अटल छन्,

ती धार्मिकता र विश्‍वासयोग्यतामा लागू गरिएका छन्।

उहाँले आफ्ना प्रजाको निम्ति छुटकारा उपलब्ध गराउनुभयो;

उहाँले आफ्नो करार सदाकालको निम्ति स्थिर होस् भनी आज्ञा दिनुभयो—

उहाँको नाम पवित्र र भययोग्य छ।

याहवेहको भय नै बुद्धिको सुरुवात हो;

उहाँका विधिहरू पालन गर्नेहरू सबैले ठिक समझशक्ति पाउँछन्।

उहाँको प्रशंसा अनन्तसम्म भइरहनेछ।

Source notes (1)
  1. Footnote मूल भाषामा हल्‍लेलूयाह

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.