Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 1
प्रथम खण्ड
भजनसंग्रह 1–41
धन्य हुन् तिनीहरू,
जो दुष्टहरूको सल्लाहमा हिँड्दैनन्,
जो पापीहरूको मार्गमा खडा हुँदैनन्,
जो गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।
तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्न रहन्छन्,
र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्।
तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्,
जसले आफ्नो ऋतुमा फल दिन्छ;
र जसको पात कहिल्यै ओइलाउँदैन;
तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।
दुष्टहरू त्यस्ता हुँदैनन्;
तर तिनीहरूचाहिँ बतासले उडाइलैजाने
भुसजस्तै हुन्छन्।
यसकारण दुष्टहरू न्यायमा खडा रहनेछैनन्,
न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्।
किनकि याहवेहले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ;
तर दुष्टहरूको मार्गले विनाशमा पुर्याउँछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.