Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

योना 3

योना निनवेमा गएका

त्यसपछि याहवेहको वचन दोस्रो पटक योनाकहाँ आयो: “त्यो ठूलो सहर निनवेमा जा, र मैले तँलाई दिएको सन्देश जे छ, त्यसलाई घोषणा गर्।”

योनाले याहवेहको वचन पालन गरेर निनवेमा गए। निनवे एक ठूलो सहर1 थियो; यस सहरलाई पार गर्नलाई तीन दिन लाग्थ्यो। योना सहरभित्र पसेर एक दिनको बाटोसम्म यात्रा गरेपछि तिनले परमेश्‍वरको सन्देश घोषणा गर्न सुरु गरे: “अब चालीस दिनमा निनवे सहर नष्‍ट पारिनेछ।” निनवेका मानिसहरूले परमेश्‍वरको सन्देशलाई विश्‍वास गरे। तिनीहरूले उपवासको घोषणा गरे; अनि सानादेखि ठूलासम्म सबैले भाङ्ग्रा लगाए।

जब यो खबर निनवेका राजाकहाँ पुग्यो, तब तिनी आफ्नो सिंहासनबाट उठे; आफ्नो राजकीय पोशाक फुकाले र भाङ्ग्रा ओढेर खरानीमा बसे। त्यसपछि राजाले निनवेमा यस्तो घोषणा जारी गरे:

राजा र तिनका अधिकारीहरूका उर्दीअनुसार:

“मानिस वा पशुप्राणी, गाईबस्तु वा भेडाबाख्रा, कसैले पनि केही खानेकुरा नचाखोस्; तिनीहरूलाई खान वा पिउन नदिइयोस्। तर मानिस र पशुप्राणीहरू सबैले भाङ्ग्रा ओढून्, र तुरुन्तै सबैले परमेश्‍वरलाई पुकारून्। तिनीहरूले आफ्ना दुष्‍ट चालहरू छोडून् र आफ्ना हिंसा त्यागून्। कसले जान्दछ? हामी नाश नहोऔँ भनी परमेश्‍वरले अझै पनि आफ्नो मन बदल्नुहुन्छ, वा दयाले भरिएर आफ्नो भयङ्कर क्रोधबाट फर्कनुहोला कि।”

जब परमेश्‍वरले तिनीहरूले गरेका काम र तिनीहरू आफ्ना दुष्‍ट चालहरूबाट फर्केको देख्नुभयो, तब उहाँ दयाले भरिनुभयो र उहाँले दिनुभएको सर्वनाशको धम्की तिनीहरूमाथि ल्याउनुभएन।

Source notes (1)
  1. Footnote मूल भाषामा परमेश्‍वरको निम्ति महान्

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.