Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

योना 2

योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्‍वरलाई प्रार्थना गरे। तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने:

“मेरो सङ्कष्‍टको समयमा मैले याहवेहलाई पुकारेँ,

र उहाँले मलाई जवाफ दिनुभयो।

मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ;

अनि तपाईंले मेरो क्रन्दन सुन्‍नुभयो।

तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो,

समुद्रको मुटुभित्र म डुबेँ;

अनि पानीका छालहरूले मलाई घेरे;

अनि तपाईंका पानीका छालहरू र लहरहरू

ममाथि उर्लेर आए।

मैले भनेँ, ‘म तपाईंको

दृष्‍टिबाट निकालिएको छु;

तापनि म फेरि पनि तपाईंको

पवित्र मन्दिरतिर हेर्नेछु।’

डुबाउने पानीले मलाई भयभीत तुल्याए,

र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए;

समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए।

म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ;

पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो।

तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्‍वर,

मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो।

“जब मेरो प्राण जानै लागेको थियो,

हे याहवेह, मैले तपाईंलाई सम्झेँ;

अनि मेरो प्रार्थना तपाईंकहाँ,

तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।

“जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्,

तिनीहरू परमेश्‍वरको अचुक प्रेमबाट टाढा हुन्छन्।

तर म धन्यवादको स्तुतिसहित

तपाईंलाई बलिदान चढाउनेछु।

मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु।

म भन्‍नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ ”

अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.