Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

इयोब 35

तब एलिहूले भने:

“के तपाईं यो न्यायसङ्गत हो भनी सोच्नुहुन्छ?

तपाईं भन्‍नुहुन्छ, ‘म ठिक छु, तर परमेश्‍वर ठिक हुनुहुन्‍न।’

अझ पनि तपाईं उहाँलाई यसरी सोध्नुहुन्छ, ‘मलाई के फाइदा छ र,

अनि मैले पाप नगरेर के लाभ भयो र?’

“म तपाईंलाई र

तपाईंसँग भएका तीन जना साथीलाई जवाफ दिन चाहन्छु।

आकाशतिर दृष्‍टि लगाएर हेर्नुहोस्;

तपाईंभन्दा धेरै माथि भएका बादललाई नियालेर हेर्नुहोस्।

यदि तपाईंले पाप गर्नुभयो भने त्यसले उहाँलाई कसरी असर गर्छ र?

यदि तपाईंका पापहरू धेरै भए तापनि त्यसले उहाँलाई के गर्छ र?

यदि तपाईं धर्मी हुनुहुन्छ भने तापनि तपाईंले उहाँलाई के दिनुहुन्छ,

अथवा उहाँले तपाईंका हातबाट के पाउनुहुन्छ र?

तपाईंको दुष्‍टताले तपाईंजस्तै मानिसलाई मात्र असर पार्छ,

र तपाईंका धार्मिकताले अरू मानिसहरूलाई मात्र प्रभाव पार्छ।

“मानिसहरू अत्याचारको बोझमा परेर कराउँछन्;

तिनीहरू शक्तिशालीहरूको पाखुराबाट छुटकाराको निम्ति बिन्ती गर्छन्।

तर कसैले पनि यसो भन्दैन, ‘मलाई बनाउनुहुने परमेश्‍वर कहाँ हुनुहुन्छ;

जसले अन्धकारमा गीतहरू दिनुहुन्छ,

जसले हामीलाई पृथ्वीका पशुहरूलाई भन्दा बढी सिकाउनुहुन्छ,

र हामीलाई आकाशका पक्षीहरूलाई भन्दा बुद्धिमान् तुल्याउनुहुन्छ?’

दुष्‍ट मानिसहरूको घमण्डको कारण

उनीहरूले पुकार गर्दा उहाँले जवाफ दिनुहुन्‍न।

वास्तवमा परमेश्‍वरले तिनीहरूको खोक्रो बिन्ती सुन्‍नुहुन्‍न;

सर्वशक्तिमान्‌ले त्यसलाई ध्यानै दिनुहुन्‍न।

त्यसो भए, जब तपाईंले उहाँलाई देख्दिनँ भन्‍नुहुन्छ,

उहाँले झन् कति थोरै सुन्‍नुहोला;

जबकि तपाईंको मुद्दा उहाँको सामु छ;

र तपाईंले उहाँलाई पर्खनैपर्छ,

अनि अझ बढी, जब तपाईंले भन्‍नुहुन्छ कि उहाँको रिसले कहिल्यै दण्ड दिँदैन,

र उहाँले दुष्‍टतामा पटक्‍कै ध्यान दिनुहुन्‍न।

यसकारण इयोबले खोक्रो कुराहरू लिएर आफ्नो मुख खोल्नुहुन्छ;

ज्ञानविना उहाँले धेरै शब्द बोल्नुहुन्छ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.