Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यशैया 12

प्रशंसाका गीतहरू

त्यस दिन तिमीहरू भन्‍नेछौ:

“हे याहवेह, म तपाईंको प्रशंसा गर्नेछु।

तपाईं मसित रिसाउनुभए तापनि

तपाईंको रिस अब मरेको छ;

अनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ।

निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्छ;

म भरोसा गर्नेछु र डराउनेछैनँ।

याहवेह, याहवेह नै मेरा सामर्थ्य र मेरा रक्षक1 हुनुहुन्छ;

निश्‍चय नै उहाँ मेरा उद्धार हुनुहुन्छ।”

आनन्दसित तिमीहरूले

उद्धारको इनारबाट पानी भर्नेछौ।

त्यस दिन तिमीहरू भन्‍नेछौ:

“याहवेहलाई धन्यवाद देओ, उहाँको नामलाई पुकार;

उहाँले गर्नुभएका कुराहरू जातिहरूलाई बताइदेओ;

अनि उहाँको नाम उच्‍च पारिएको छ भनी घोषणा गर।

याहवेहका निम्ति भजन गाओ; किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ;

यो कुरा सारा संसारले जानोस्।

हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ र आनन्दले गाओ;

किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्‍वर महान् हुनुहुन्छ।”

Source notes (1)
  1. Footnote अथवा गीत

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.