Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

होशे 1

यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा योआशका छोरा यारोबामका शासनकालहरूमा याहवेहको वचन बेरीका छोरा होशेकहाँ आयो:

होशेकी पत्नी र छोराछोरीहरू

जब याहवेह होशेद्वारा पहिलो पटक बोल्न सुरु गर्नुभयो, तब याहवेहले तिनलाई भन्‍नुभयो, “जा, गएर एउटी वेश्यालाई विवाह गर्, र त्यसबाट सन्तान जन्मा; किनकि एक व्यभिचारिणी पत्नीजस्तै यस देशले याहवेहलाई त्यागेर विश्‍वासघात गरेर व्यभिचारको दोषी भएको छ।” यसकारण होशेले दिब्लैमकी छोरी गोमेरसँग विवाह गरे; अनि गोमेर गर्भवती भएर होशेको निम्ति एउटा छोरा जन्माई।

अनि याहवेहले होशेलाई भन्‍नुभयो, “त्यसको नाम यिजरेल राख्; किनकि यिजरेलमा भएको नरसंहारको निम्ति म येहूको घरानालाई चाँडै दण्ड दिनेछु, र म इस्राएलको राज्यको अन्त्य गरिदिनेछु। त्यस दिन म यिजरेलको बेँसीमा इस्राएलका सैन्य शक्तिलाई नाश पारिदिनेछु।”

गोमेर फेरि गर्भवती भई, र एउटी छोरी जन्माई। तब याहवेहले होशेलाई भन्‍नुभयो, “त्यसलाई लो-रूहामा1 नाम राख्; किनकि तिनीहरूलाई क्षमा गरेर म फेरि इस्राएललाई दया देखाउनेछैनँ। तर यहूदालाई भने म प्रेम देखाउँनेछु; अनि म तिनीहरूलाई धनु, तरवार अथवा लडाइँ, घोडाहरू र घोडसवारहरूद्वारा होइन, तर याहवेह तिनीहरूका परमेश्‍वरद्वारा बचाउनेछु।”

गोमेरले लो-रूहामालाई दूध छुटाएपछि उसले अर्को छोरा जन्माई। तब याहवेहले भन्‍नुभयो, “त्यसलाई लो-अम्मी2 नाम राख्; किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म पनि तिमीहरूका परमेश्‍वर होइनँ।

“तर पनि इस्राएलीहरू समुद्रको किनारका बालुवाझैँ हुनेछन्, जसलाई नाप्‍न सकिँदैन, न त गन्‍न नै सकिन्छ। जहाँ तिनीहरूलाई, ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको ठाउँमा, ‘जीवित परमेश्‍वरका सन्तान’ भनिनेछ। यहूदाका मानिसहरू र इस्राएलका मानिसहरू फेरि भेला हुनेछन्; तिनीहरूले एक जना अगुवा नियुक्त गर्नेछन् र निर्वासनबाट फर्किएर आउनेछन्; किनकि त्यो दिन यिजरेलको लागि महान् हुनेछ।

Source notes (2)
  1. Footnote लो-रूहामा जसको अर्थ हो प्रेम नगरिएको
  2. Footnote लो-अम्मी जसको अर्थ हो मेरो जाति होइन।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.