Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

उत्पत्ति 5

आदमदेखि नोआसम्मको वंशावली

आदमको वंशको विवरण यही हो:

जब परमेश्‍वरले मानिस जातिलाई सृष्‍टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो। उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्‍टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति”1 नाम दिनुभयो।

आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे। शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे।

शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए। तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए। शेत जम्मा 912 वर्षसम्म बाँचे; अनि तिनी मरे।

एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए। अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए। एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे।

केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए। अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए। केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे।

महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए। अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे।

येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए। अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे।

हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए। अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्‍वरसित 300 वर्ष विश्‍वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। हनोक जम्मा 365 वर्षसम्म बाँचे। हनोक परमेश्‍वरसित विश्‍वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्‍वरले तिनलाई उठाइलैजानुभयो।

मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए। अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।

लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो। अनि तिनले यसो भनेर त्यसको नाम नोआ2 राखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्‍टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।” नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे।

नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए।

Source notes (2)
  1. Footnote मूल भाषामा आदम
  2. Footnote नोआ मूल भाषामा जसको अर्थ सान्त्वना

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.