Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
एज्रा 2
निर्वासनबाट फर्किएर आएकाहरूको सूची
बेबिलोनका राजा नबूकदनेसरले बेबिलोन कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। (तिनीहरू यरुबाबेल, येशूआ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसित यरूशलेम र यहूदामा आ-आफ्नै नगरमा फर्किएका थिए):
इस्राएलीहरूका पुरुषहरूको सूची:
परोशका सन्तानहरू 2,172 जना;
शपत्याहका सन्तानहरू 372 जना;
अराहका सन्तानहरू 775 जना;
पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,812 जना;
एलामका सन्तान 1,254 जना;
जत्तूका सन्तान 945 जना;
जक्कैका सन्तान 760 जना;
बानीका सन्तान 642 जना;
बेबैका सन्तान 623 जना;
अज्गादका सन्तान 1,222 जना;
अदोनीकामका सन्तान जम्मा 666 जना;
बिग्वैका सन्तान 2,056 जना;
आदीनका सन्तान 454 जना;
आतेरका सन्तान (हिजकियाबाट) 98 जना;
बेजैका सन्तान 323 जना;
योराका सन्तान 112 जना;
हाशूमका सन्तान 223 जना;
गिब्बारका सन्तान 95 जना;
बेथलेहेमका मानिसहरू 123 जना;
नतोपाका मानिसहरू 56 जना;
अनातोतका मानिसहरू 128 जना;
अज्मावेतका मानिसहरू 42 जना;
किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;
रामा र गेबाका मानिसहरू 621 जना;
मिकमाशका मानिसहरू 122 जना;
बेथेल र ऐका मानिसहरू 223 जना;
नेबोका मानिसहरू 52 जना;
मग्बीसका मानिसहरू 156 जना;
अर्को एलामका मानिसहरू 1,254 जना;
हारीमका मानिसहरू 320 जना;
लोद, हादीद र ओनोका मानिसहरू 725 जना;
यरीहोका मानिसहरू 345 जना;
सेनाहका मानिसहरू 3,630 जना।
पुजारीहरू:
यदायाहका सन्तानहरू
(येशूआको परिवारबाट) 973 जना;
इम्मेरको परिवारबाट 1,052 जना;
पशहूरको परिवारबाट 1,247 जना;
हारीमको परिवारबाट 1,017 जना।
लेवीहरू:
येशूआका र कदमिएलका सन्तानहरू
(होदवियाहको वंश) 74 जना।
गायकहरू:
आसापका सन्तानहरू 128 जना।
मन्दिरका द्वारपालहरू:
शल्लूम, आतेर, तल्मोन,
अक्कूब, हतीता र शोबैका
सन्तानहरू 139 जना।
मन्दिरका सेवकहरूका सन्तानहरू:
सीहा, हसूपा, तब्बाओत,
केरोस, सीआ, पादोन,
लेबाना, हागाबा, अक्कूब,
हागाब, शल्मै, हानान,
गिद्देल, गहर, रायाह,
रसीन, नकोदा, गज्जाम,
उज्जा, पसेह, बेसै,
अस्ना, मोनीम, नेपुसीम,
बक्बूक, हकूपा, हरहूर,
बस्लूत, महीदा, हर्शा,
बर्कोस, सीसरा, तेमह,
नसीह र हतीपा।
सोलोमनका सेवकहरूका सन्तानहरू:
सोतै, सोपेरेत,
परुदाका सन्तानहरू,
याला, दर्कोन, गिद्देल,
शपत्याह, हत्तील,
पोकेरेत-हसेबायीम र आमी
मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तान 392 जना।
तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:
दलायाह, तोबिया र नकोदाका सन्तानहरू 652 जना।
अनि पुजारीहरूमध्येबाट:
होबायाह, हक्कोस र बर्जिल्लैका सन्तानहरू (जसले गिलादी बर्जिल्लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।
यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए। राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।
सम्पूर्ण जनसमूहको संख्या 42,360 जना थियो। यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 200 गायक-गायिकाहरू पनि थिए। तिनीहरूका 736 घोडा, 245 खच्चर, 435 ऊँट र 6,720 वटा गधा थिए।
जब तिनीहरू यरूशलेममा याहवेहको भवनमा आइपुगे, तब केही परिवारका अगुवाहरूले परमेश्वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गर्नलाई स्वेच्छा-भेटीहरू दिए। तिनीहरूले आफ्ना क्षमताअनुसार भवन पुनर्निर्माणको निम्ति 61,000 डारिक1 सुन, 5,000 मीना2 चाँदी र 100 पुजारीका पोशाकहरू दिए।
पुजारीहरू, लेवीहरू, गायक-गायिकाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू तिनीहरूका आ-आफ्नै सहरहरूमा, अन्य अरू केही मानिसहरूसँगै बसोबास गरे। अनि बाँकी इस्राएलीहरूचाहिँ आ-आफ्ना सहरहरूमा बसोबास गरे।
Source notes (2)
- Footnote लगभग 500 किलो
- Footnote लगभग 3 टन
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.