Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

1 यूहन्‍ना 1

जीवनको वचन

जो सुरुदेखि नै हुनुहुन्थ्यो, जसलाई हामीले सुनेका छौँ, जसलाई हामीले हाम्रै आँखाले देखेका छौँ, जसलाई हामीले हेरेका छौँ र हाम्रै हातले छोएका छौँ; अनि यही जीवनको वचनको विषयमा हामी घोषणा गर्दछौँ। त्यो जीवन प्रकट हुनुभयो; हामीले उहाँलाई देखेका छौँ, र उहाँकै साक्षी दिन्छौँ; अनि तिमीहरूलाई हामी अनन्त जीवन घोषणा गर्दछौँ, जो पितासँग हुनुहुन्थ्यो र हामीकहाँ प्रकट हुनुभएको छ। हामीले जे देखेका र सुनेका छौँ, त्यही हामी तिमीहरूलाई घोषणा गर्दछौँ, यस हेतुले कि तिमीहरूको पनि हामीसित सङ्गति होस्। अनि हाम्रो सङ्गति पितासँग र उहाँका पुत्र येशू ख्रीष्‍टसँग छ। त्यसैले हामी यो कुरा हाम्रो आनन्द पूर्ण होस् भनेर लेख्दछौँ।

ज्योतिमा जिउनु

यही सन्देश हामीले उहाँबाट सुन्यौँ र तिमीहरूलाई सुनाउँछौँ; त्यो यही हो, परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन। यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौँ, तर पनि अन्धकारमा नै हिँड्छौँ भने त हामी झूट बोल्छौँ र सत्यतामा चल्दैनौँ। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।

यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौँ भने हामीले आफूलाई धोका दिन्छौँ र हामीमा सत्यता हुँदैन। यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ। यदि हामीले पाप गरेका छैनौँ भनी हामी दाबी गर्छौँ भने हामीले उहाँलाई झूटा तुल्याउँछौँ र उहाँको वचन हाम्रो जीवनमा रहँदैन।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.