Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

1 कोरिन्थी 8

मूर्तिहरूलाई चढाइएका चीजहरू

अब मूर्तिहरूलाई चढाइएका खानेकुराको विषयमा: हामी जान्दछौँ, “हामी सबैसित ज्ञान छ।” ज्ञानले घमण्ड ल्याउँछ, तर प्रेमले चाहिँ उन्‍नति गराउँछ। यदि कसैले केही जान्दछु भनी ठान्दछ भने वास्तवमा उसले जान्‍नुपर्ने जति अझै जानेको हुँदैन। तर जो व्यक्तिले परमेश्‍वरलाई प्रेम गर्छ, त्यो परमेश्‍वरद्वारा चिनिएको हुन्छ।

यसकारण मूर्तिहरूलाई चढाएको खानेकुराको विषयमा हेरौँ: हामी जान्दछौ कि “यस संसारमा मूर्तिहरू केही पनि होइनन्” र “एकबाहेक अरू कोही परमेश्‍वर छैन।” तर पनि आकाश वा पृथ्वीमा धेरै देवता भनिनेहरू छन्; साँच्‍चै धेरै “देवताहरू” र धेरै “प्रभुहरू” छन्, तर हाम्रा निम्ति परमेश्‍वर पिता एउटै हुनुहुन्छ, जसद्वारा सबै थोकहरू अस्तित्वमा आएका छन्, र जसको निम्ति हामी जिउँछौ; र एउटै प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्‍ट, जसद्वारा सबै कुराहरू सृष्‍टि भएका हुन्, र जसद्वारा हामी जिउँछौँ।

तर सबैलाई यो ज्ञान छैन। केही मानिसहरूलाई मूर्तिहरूमा यतिसम्म बानी बसेको हुन्छ, कि जब तिनीहरूले मूर्तिलाई बलि चढाएको भोजन खान्छन्, तब तिनीहरूले देवतालाई चढाएको चीज सम्झी खान्छन्। तिनीहरूको विवेक दुर्बल भएको कारणले अशुद्ध हुन्छ। तर भोजनले हामीलाई परमेश्‍वरको नजिक ल्याउँदैन। त्यो नखाँदैमा कुनै हानि छैन, र खाँदैमा पनि कुनै लाभ छैन।

तर होसियार रहो, नत्रता तिमीहरूको यो स्वतन्त्रता कमजोर विवेक हुनेहरूलाई ठेसको कारण बन्‍न जाला। किनकि यदि कमजोर विवेक भएको व्यक्तिले तिमीहरू ज्ञान भएकाहरूलाई मूर्तिहरू भएको मन्दिरमा खाँदैगरेको देख्यो भने के त्यसले पनि मूर्तिलाई चढाएको कुरा खान साहस गर्दैन र? यसकारण तिमीहरूको ज्ञानको कारण त्यो कमजोर दाजुभाइ वा दिदीबहिनीहरू नष्‍ट नहोस्, जसका निम्ति ख्रीष्‍ट मर्नुभयो। जब तिमीहरू उनीहरूका विरुद्धमा यसरी पाप गर्दछौ; उनीहरूका कमजोर विवेकलाई चोट पार्दछौ, तब तिमीहरूले ख्रीष्‍टको विरुद्धमा पाप गर्दछौ। यसकारण यदि म जे खान्छु, त्यसले मेरो दाजुभाइ वा दिदीबहिनीहरूलाई पाप गर्न लगाउँछ भने म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म तिनीहरूको पतन हुने कारण नबनूँ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.