Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1 इतिहास 8
बेन्यामीनी शावलको वंशावली
बेन्यामीनका छोराहरू:
पहिलो छोरा बेला;
दोस्रो छोरा अश्बेल, तेस्रो अहरह,
चौथो नोआ र पाँचौँ रफा।
बेलाका छोराहरू यिनै हुन्:
अद्दार, गेरा, अबिहूद,1 अबीशू, नामान, अहोह, गेरा, शपूपान र हूराम।
एहूदका सन्तानहरू यिनै थिए, जो गेबामा बस्ने परिवारका अगुवाहरू थिए; र यिनीहरू मानहतमा कैदमा लगिएका थिए:
एहूदका नामान, अहीयाह र गेरा नामका छोराहरू थिए। गेराले नै गेबाहरूलाई निर्वासनमा लगे, जो उज्जाह र अहीहूदका पिता थिए।
सहरेमले आफ्ना पत्नीहरू हूशीम र बारासँग सम्बन्ध-विच्छेद गरिसकेपछि मोआबमा तिनका अरू छोराहरू जन्मेका थिए। तिनकी पत्नी होदेशबाट योबाब, सिब्या, मेशा, मल्काम, यूस, साकिया र मिर्मा नाम भएका छोराहरू भए। ती छोराहरू, परिवारहरूका मुखियाहरू भए। तिनकी पत्नी हूशीमबाट अबीतूब र एल्पाल छोराहरू भएका थिए।
एल्पालका छोराहरू:
एबेर, मिशाम, शेमेद, (जसले ओनो, लोद र यसका चारैतिरका बस्तीहरू निर्माण गरे)। अनि बेरियाह र शेमा, अय्यालोनमा बस्नेहरूका अगुवा थिए; तिनीहरूले गातका बासिन्दाहरूलाई धपाएका थिए।
अहियो, शाशक, यरेमोत, जबदियाह, अराद, एदेर, मिखाएल, यिश्पा र योहा बेरियाहका छोराहरू थिए।
जबदियाह, मशुल्लाम, हिज्की, हेबेर, यिश्मरै, यिज्लीअ र योबाब एल्पालका छोराहरू थिए।
याकीम, जिक्री, जब्दी, एलीएनै, सिल्लतै, एलीएल, अदायाह, बरायाह र शिम्रात शिमीका छोराहरू थिए।
यिश्पान, एबेर, एलीएल, अब्दोन, जिक्री, हानान, हनन्याह, एलाम, अन्तोतियाह, यिपदियाह र पनीएल शाशकका छोराहरू थिए।
शम्शरै, शहर्याह, अतल्याह, यारेश्याह, एलिया र जिक्री यरोहामका छोराहरू थिए।
यी सबै मानिसहरू वंशावलीको सूचीमा दर्ता गरिएअनुसार पुर्ख्यौली वंशका अगुवाहरू थिए। यिनीहरू यरूशलेममा बस्दथे।
गिबोनका पिता2 यीएल गिबोनमा बस्थे।
तिनकी पत्नीको नाम माका थियो। तिनका जेठा छोरा अब्दोन थिए, अब्दोनपछि सूर, कीश, बाल, नेर, नादाब, गदोर, अहियो, जेकेर अनि मिक्लोत थिए, जोचाहिँ शिमाहका पिता थिए। तिनीहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूको नजिक बस्थे।
नेर कीशका पिता थिए; कीश शाऊलका पिता, र शाऊलचाहिँ जोनाथन, मल्की-शूअ, अबीनादाब र एश-बालका3 पिता थिए।
जोनाथनका छोरा:
मरीब-बाल,4 जो मीकाका पिता थिए।
मीकाका छोराहरू:
पीतोन, मेलेक, तारे र आहाज।
आहाज यहोयादाका पिता थिए; यहोयादा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए; र जिम्री मोसका पिता थिए। मोस बिनेका पिता थिए; बिनेका छोरा रफाह थिए, रफाका छोरा एलासा र एलासाका छोरा आसेल थिए।
आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाम यिनै थिए:
अज्रीकाम, बोकेरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
आसेलका भाइ एशेकका छोराहरू:
पहिलो ऊलाम, दोस्रो येऊश र तेस्रो एलीपेलेत। ऊलामका छोराहरू धनु चलाउन सक्ने वीर धनुर्धारी योद्धाहरू थिए। तिनीहरूका धेरै छोरा र नातिहरू थिए—सबै गरेर 150 जना।
यी सबै मानिसहरू बेन्यामीनका सन्तानहरू थिए।
Source notes (4)
- Footnote गेरा अथवा एहूदका पिता
- Footnote पिता अथवा सेनाका अगुवा
- Footnote अथवा एश-बोसेथ
- Footnote अथवा मोपि-बोशेथ
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.