Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

1 इतिहास 25

सङ्गीतकारहरू

दावीद र सेनापतिहरूले मिलेर आसाप, हेमान र यदूतूनका केही छोराहरूलाई सारङ्गी, वीणा र झ्यालीहरू बजाउँदै अगमवाणीको सेवाका निम्ति अलग गरे। अगमवाणीको सेवा गर्ने मानिसहरूको सूची यही हो:

आसापका छोराहरूबाट:

जक्‍कूर, योसेफ, नतन्याह र असारेला। आसापका यी छोराहरू आसापको निर्देशनमा काम गर्थे। आसापले चाहिँ राजाको निर्देशनमा अगमवाणी गर्थे।

यदूतूनका छोराहरूबाट:

गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तीत्याह, जम्मा छ जना। यिनीहरू आफ्ना पिता यदूतूनका निर्देशनमा काम गर्थे, जसले याहवेहलाई धन्यवाद र प्रशंसा गर्दा वीणा बजाउँदै अगमवाणी गर्थे।

हेमानका छोराहरूबाट:

बुक्‍कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल र यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती र रोमम्ती-एजेर, योशब्काशा, मल्‍लोती, होतीर र महजीओत। (यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरूचाहिँ उनलाई उच्‍च तुल्याउनका निम्ति परमेश्‍वरको प्रतिज्ञाअनुसार दिइएको थियो। परमेश्‍वरले हेमानलाई चौध जना छोरा र तीन जना छोरी दिनुभयो।)

यिनीहरू सबै याहवेहको भवनमा सङ्गीतका लागि आफ्ना पिताको निर्देशनमा काम गर्थे। तिनीहरूले झ्याली, सारङ्गी र वीणाको साथमा परमेश्‍वरको भवनमा सेवा गर्थे।

आसाप, यदूतून र हेमानचाहिँ राजाको निर्देशनमा काम गर्थे। तिनीहरूका आफन्तहरूका साथै तिनीहरू सबै याहवेहको निम्ति सङ्गीतमा तालिम पाएका र निपूर्ण थिए। तिनीहरूको संख्या 288 थियो। जवान वा वृद्ध, शिक्षक वा विद्यार्थी तिनीहरूले आ-आफ्नो जिम्मेवारीको निम्ति चिट्ठा हाले।

पहिलो चिट्ठाचाहिँ आसापको निम्ति थियो, र त्यो योसेफलाई पर्‍यो,

तिनका छोराहरू र आफन्तहरूका1 नाममा—जम्मा 12 जना,

दोस्रोचाहिँ गदल्याहलाई,

तिनका आफन्तहरू र छोराहरूका नाममा—जम्मा 12 जना,

तेस्रोचाहिँ जक्‍कूरलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

चौथो यिस्रीलाई,2

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

पाँचौँ नतन्याहलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

छैटौँ बुक्‍कियाहलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

सातौँ यसरेलालाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

आठौँ यशयाहलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

नवौँ मत्तन्याह,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

दसौँ शिमीलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

एघाह्रौ अज्रेललाई,3

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

बाह्रौँ हशब्याहलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

तेह्रौँ शूबाएललाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

चौधौँ मत्तीत्याहलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

पन्ध्रौँ यरेमोतलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

सोह्रौँ हनन्याहलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

सत्रौँ योशब्काशालाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

अठारौँ हनानीलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

उन्‍नाइसौँ मल्‍लोतीलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

बीसौँ एलियातालाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

एक्‍काइसौँ होतीरलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

बाइसौँ गिद्दलतीलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

तेईसौँ महजीओतलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

चौबीसौँ रोमम्ती-एजेरलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना थिए।

Source notes (3)
  1. Footnote केही प्राचीन पा.लि.हरूमा तिनका छोराहरू र आफन्तहरू भनेर लेखिएको पाइँदैन।
  2. Footnote अर्को नाम जेरी
  3. Footnote अर्को नाम उज्जीएल

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.