Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1 इतिहास 23
लेवीहरू
जब दावीद वृद्ध भए, र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा नियुक्त गरे।
तिनले इस्राएलका सबै अगुवाहरू, पुजारीहरू र लेवीहरूलाई पनि एकसाथ भेला गराए। तीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको गन्ती गरियो; अनि पुरुषहरूको कुल संख्या अठतीस हजार थियो। दावीदले भने, “यीमध्ये चौबीस हजारले याहवेहको मन्दिरको काममा रेखदेख गरून्; अनि छ हजारचाहिँ अगुवाहरू र न्यायकर्ताहरू होऊन्। चार हजारचाहिँ द्वारपालहरू होऊन्, र अरू चार हजारले चाहिँ मैले प्रशंसाको उद्देश्यले उपलब्ध गराएका वाद्य-वादनहरूद्वारा याहवेहको प्रशंसा गरून्।”
दावीदले लेवीहरूलाई लेवीका छोराहरू: गेर्शोन, कहात र मरारीका समूहअनुसार विभाजन गरे।
गेर्शोनीहरू
गेर्शोनीहरूका छोराहरू:
लादान र शिमी।
लादानका छोराहरू:
पहिलो यहीएल, दोस्रो जेताम र तेस्रो योएल—जम्मा तीन जना।
शिमीका छोराहरू:
शलोमोत, हाजीएल र हारान—जम्मा तीन जना।
लादानका परिवारहरूका अगुवाहरू यिनीहरू नै थिए।
शिमीका छोराहरू:
यहत, जीजा,1 येऊश र बेरियाह।
शिमीका छोराहरू—जम्मा चार जना।
यहत पहिलो थिए, जीजा दोस्रो, तर येऊश र बेरियाहका छोराहरू धेरै थिएनन्; यसकारण तिनीहरूलाई एउटै परिवारझैँ गनियो र एउटै जिम्मेवारी दिइयो।
कहातीहरू
कहातका छोराहरू:
अम्राम, यिसहार, हेब्रोन र उज्जीएल—जम्मा चार जना।
अम्रामका छोराहरू:
हारून र मोशा।
हारूनचाहिँ अलग गरिएका थिए; हारून र तिनका सन्तानहरूलाई सधैँका निम्ति अति पवित्र चीजहरू अर्पण गर्न, याहवेहको सामु भेटीहरू चढाउन, उहाँको सामु सेवा गर्न र सधैँका निम्ति उहाँको नाममा आशिष् दिनलाई अलग गरिएका थिए। परमेश्वरका जन मोशाका छोराहरूलाई चाहिँ लेवी कुलको एउटा भागको रूपमा गनियो।
मोशाका छोराहरू:
गेर्शोम र एलीएजर।
गेर्शोमका सन्तानहरू:
पहिलो शूबाएल।
एलीएजेरका सन्तानहरू:
पहिलो छोरो रहब्याह।
(एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्याहका छोराहरू अति धेरै थिए।)
यिसहारका छोराहरू:
पहिलो शलोमीत।
हेब्रोनका छोराहरू:
पहिलो यरियाह, दोस्रो
अमर्याह, तेस्रो यहजीएल र चौथो यकमाम।
उज्जीएलका छोराहरू:
पहिलो मीका र दोस्रो यिशियाह।
मरारीहरू
मरारीका छोराहरू:
महली र मूशी।
महलीका छोराहरू:
एलाजार र कीश।
(एलाजारका छोराहरू नभई तिनको मृत्यु भयो: तिनका छोरीहरू मात्र थिए। तिनीहरूलाई तिनका आफन्तहरू, कीशका छोराहरूले विवाह गरे।)
मूशीका छोराहरू:
महली, एदेर र यरेमोत—जम्मा तीन जना।
लेवीका परिवारअनुसार तिनीहरूका सन्तानहरू यिनै थिए—तिनीहरूका परिवारका अगुवाका नामअनुसार र हरेक व्यक्तिहरू, जो याहवेहको मन्दिरमा काम गर्ने बीस वर्ष र त्यसभन्दा बढी उमेरका कर्मचारीहरूको नाम दर्ता गरियो। किनकि दावीदले भनेका थिए, “याहवेह इस्राएलका परमेश्वरले आफ्ना मानिसहरूलाई विश्राम दिनुभएको छ, र उहाँ यरूशलेममा सदासर्वदाको लागि बास गर्न आउनुभएको छ। यसैकारण लेवीहरूले फेरि समागम पाल र त्यसको सेवामा प्रयोग गरिने कुनै पनि सामानहरू बोकिरहन आवश्यक छैन।” दावीदको अन्तिम निर्देशनअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू गनिए।
लेवीहरूको जिम्मेवारीचाहिँ याहवेहको मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सहायता गर्नुपर्नेथियो: आँगन, छेउछाउका कोठाहरू, सबै पवित्र चीजहरू शुद्ध गर्ने र परमेश्वरको भवनमा अरू कामहरू पनि गर्नुपर्ने जिम्मेवारी थियो। तिनीहरू टेबुलमा सजाइएको रोटी, अन्नबलिको विशेष पिठो, खमिरविनाको पातलो रोटी, पकाउने र मिसाउने, र सबै प्रकारका नाप-तौल, र आकारका जिम्मेवारीमा थिए। तिनीहरू हरेक बिहान याहवेहलाई धन्यवाद र प्रशंसा चढाउनलाई पनि खडा हुनुपर्थ्यो। तिनीहरूले साँझमा पनि त्यसै गर्नुपर्थ्यो; अनि तिनीहरूले शब्बाथ विश्रामको दिनमा औँसीका चाडहरूमा र तोकिएका चाडहरूमा याहवेहकहाँ होमबलि चढाउनुपर्थ्यो। तिनीहरूले नियमित रूपले उचित संख्या र तिनीहरूलाई तोकिदिएको नियमअनुसार याहवेहको सामु सेवा गर्नुपर्थ्यो।
यसरी लेवीहरूले भेट हुने पालको, पवित्रस्थान र हारूनका सन्तान आफ्ना दाजुभाइहरूका अधीनमा रहेर याहवेहको मन्दिरको सेवामा पुजारीहरूलाई सहायता गरे।
Source notes (1)
- Footnote मूल भाषामा जीना
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.