पवित्र बाइबल
भजनसंग्रह 54
हे परमेश्वर, मलाई तपाईंको नाउँद्वारा बचाउनुहोस् र तपाईंको शक्तिले न्याय गर्नुहोस् । हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस् । मेरो मुखका शब्दहरूमा कान थाप्नुहोस् । किनकि विदेशीहरू मेरो विरुद्धमा उठेका छन् र निर्दयी मानिसहरूले मेरो ज्यान लिन खोजेका छन् । तिनीहरूले आफ्नो सामु परमेश्वरलाई राखेका छैनन् । सेला हेर, परमेश्वर मेरो सहायक हुनुहुन्छ । मलाई उचाल्नुहुने परमप्रभु नै हुनुहुन्छ । उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ । आफ्नो विश्वस्ततामा तिनीहरूको नाश गर्नुहोस् ! म तपाईंलाई स्वेच्छा बलि चढाउनेछु । हे परमप्रभु, म तपाईंको नाउँलाई धन्यवाद दिनेछु, किनकि यो असल छ । किनकि उहाँले मलाई हरेक कष्टबाट बचानुभएको छ । मेरो आँखाले मेरा शत्रहरूमाथि विजयको दृष्टिले हरेको छ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.