पवित्र बाइबल
भजनसंग्रह 23
परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन । उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ । उहाँले मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ । उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ । उहाँले आफ्नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ । मैले निस्पट्ट अँध्यारो छायाको बेसीमा हिंड्नुपर्दा पनि, हानिसँग म डराउनेछैन किनभने तपाईं मसँग हुनुहुन्छ । तपाईंको लट्ठी र तपाईंको लौरोले मलाई सान्त्वना दिन्छन् । मेरा शत्रुहरूका सामु तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ । तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नुभएको छ । मेरो कचौरा भरिएर पोखिन्छ । निश्चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्वस्तता मेरो पछि आउनेछ । र परमप्रभुको मन्दिरमा म सधैंभरि वास गर्नेछु ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.