पवित्र बाइबल
भजनसंग्रह 149
परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ । इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्दित होस् । सियोनका मानिसहरू आफ्ना राजामा आनन्दित होऊन् । तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून् । खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन् । किनकि परमप्रभु आफ्ना मानिसहरूसँग प्रशन्न हुनुहुन्छ । उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ । विजयमा धर्मीहरू आनन्दि होऊन् । तिनीहरू आ-आफ्ना ओछ्यानमा आनन्दका गीत गाऊन् । तिनीहरूका मुखहरूमा परमेश्वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्, जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न । तिनीहरूले आफ्ना राजाहरूलाई साङ्लाहरूले र आफ्ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्नेछन् । लेखिएका न्यायका फैसला तिनीहरूले गर्नेछन् । उहाँका सबै विश्वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ । परमप्रभुको प्रशंसा गर ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.