पवित्र बाइबल
भजनसंग्रह 129
“मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्,” इस्राएलले भनोस् । “मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्, तापनि तिनीहरूले मलाई पराजित गरेका छैनन् । हलो जोत्नेहरूले मेरो ढाडमा जोते । तिमीहरूले आफ्ना हलोको डोबलाई लामो बनाए । परमप्रभु धर्मी हुनुहुन्छ । उहाँले दुष्टहरूका डोरीहरू काट्नुभएको छ ।” सियोनलाई घृणा गर्नेहरू सबै जना लाजमा परून् र फर्केर जाऊन् । तिनीहरू घरमाथिका घाँसहरूजस्ता होऊन् जुन बढ्नअगि नै ओइलाउँछ, जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्नको बिटा बाँध्नेको छाती ढाक्न सक्दैन । त्यो बाटो हिंड्नेहरूले यसो नभनून्, “परमप्रभुको आशिष् तिमीमाथि रहोस् । तिमीलाई परमप्रभुको नाउँमा हामी आशिष् दिन्छौं ।”
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.