पवित्र बाइबल
भजनसंग्रह 122
तिनीहरूले मलाई, “हामी परमप्रभुको मन्दिरमा जाऔं” भन्दा म खुसी हुन्थें । ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन् । ए यरूशलेम, होसियार भएर योजना गरी बनाइएको सहर हो । कुलहरू, परमप्रभुका कुलहरू, इस्राएलको साक्षीको रूपमा परमप्रभुको नाउँमा धन्यवाद दिनलाई यरूशलेममा जान्छन् । त्यहाँ न्यायका सिंहासनहरू, दाऊदको घरानाको सिंहासनहरू खडा गरिएका थिए । यरूशलेमको शन्तिको निम्ति प्रार्थना गर । “तँलाई प्रेम गर्नेहरूलाई शान्ति मिलोस् । तेरो रक्षा गर्ने पर्खालहरूभित्र शान्ति रहोस् र तिनीहरूले तेरा किल्लाहरूभित्र शान्ति पाऊन् ।” मेरा दाजुभाइ र मित्रहरूका खातिर, म भन्नेछु, “तँभित्र शान्ति होस् ।” परमप्रभु हाम्रा परमेश्वरको मन्दिरको खातिर, म तेरो भलाइ खोज्नेछु ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.