पवित्र बाइबल
भजनसंग्रह 113
परमप्रभुको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस् । सूर्य उदायदेखि त्यो नअस्ताएसम्म नै, परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ । परमप्रभु सबै जातिभन्दा उच्च हुनुहुन्छ र उहाँको महिमा आकाशसम्म पुग्छ । परमप्रभु हाम्रा परमेश्वरझैं को छ र, जसको आफ्नो आसन उच्चमा छ, जसले तल आकाश र पृथ्वीमा हे्र्नुहुन्छ? उहाँले गरीबलाई फोहोरबाट उठाउनुहुन्छ र दरिद्रलाई खरानीको थुप्रोबाट उचाल्नुहुन्छ, ताकि उहाँले त्यसलाई शासकहरूसित, त्यसका मानिसहरूका शासकहरूसित बसाल्नुहुन्छ । उहाँले घरकी बाँझी स्त्रीलाई घर दिनुहुन्छ । उहाँले त्यसलाई छोराछोरीकी आनन्दित आमा बनाउनुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.