पवित्र बाइबल
भजनसंग्रह 110
परमप्रभुले मेरो प्रभुलाई भन्नुहुन्छ, “मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान नबनाएसम्म मेरो दाहिने हातपट्टि बस ।” परमप्रभुले सियोनबाट तपाईंको शक्तिको राजदण्ड पसार्नुहुनेछ । तपाईंका शत्रुहरूमाथि राज्य गर्नुहोस् । तपाईंका मानिसहरूले तपाईंको शक्तिको दिनमा आफ्नै स्वइच्छाले पवित्र वस्त्रमा तपाईंको पछि लाग्नेछन् । प्रभातको गर्भदेखि नै तपाईंको जवानी तपाईंको निम्ति शीतझैं हुनेछ । परमप्रभुले शपथ खानुभएको छ र बद्लिनुहुन्नः “सदासर्वदाको निम्ति तिमी मल्कीसेदेकजस्तै पुजारी हौ ।” परमप्रभु तिम्रो दाहिने हातपट्टि हुनुहुन्छ । उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई मार्नुहुनेछ । उहाँले जातिहरूको न्याय गर्नुहुनेछ । उहाँल युद्ध मैदानलाई मृत शरीरहरूले भर्नुहुनेछ । उहाँले धेरै देशहरूका अगुवाहरूलाई मार्नुहुनेछ । उहाँले बाटो नजिकैको खोलबाट पिउनुहुनेछ र तब विजयपछि उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.