पवित्र बाइबल
हितोपदेश 10
सोलोमनको हितोपदेश । बुद्धिमान् छोरोले आफ्नो बुबालाई खुसी तुल्याउँछ, तर मूर्ख छोरोले आफ्नी आमामा शोक ल्याउँछ । दुष्टताद्वारा जम्मा गरिएको धन-सम्पत्तिको कुनै मूल्य हुँदैन, तर ठिक गर्नाले तपाईंलाई मृत्युबाट जोगाउँछ । परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ । अल्छे हातले मानिसलाई गरिब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ । बुद्धिमान् छोरोले ग्रिष्म ऋतुमा फसल जोहो गर्छ, तर कटनीको समयमा सुत्नेले अपमान ल्याउँछ । परमेश्वरका उपहारहरू धर्मी व्यक्तिको शिरमा पर्छन्, तर दुष्टहरूको मुख हिंसाले ढाकिएको हुन्छ । धर्मी व्यक्तिलाई सम्झनेहरूलाई उसले खुसी तुल्याउँछ, तर दुष्टहरूको नामचाहिँ सडेर जाने छ । संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्ट हुने छ । निष्ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेडो बनाउने पक्राउमा पर्ने छ । द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक निम्त्याउँछ, तर बकबके मूर्ख फ्याँकिने छ । धर्मात्माको मुख जीवनको पानीको फुहारा हो, तर दुष्टहरूको मुखमा हिंसा लुकेको हुन्छ । घृणाले द्वन्द्व निम्त्याउँछ, तर प्रेमले सबै कुकर्मलाई ढाकिदिन्छ । बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो । बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ । धनी मानिसको सम्पत्ति उसको किल्लाबन्दी गरिएको सहर हो, तर गरिबहरूको गरिबी तिनीहरूको विनाश हो । धर्मी मानिसको ज्यालाले जीवनमा पुर्याउँछ, तर दुष्टहरूको लाभले पापमा पुर्याउँछ । अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ, तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्छ । घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो । जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो । धर्मी व्यक्तिको जिब्रो शुद्ध चाँदी हो, तर दुष्टहरूको हृदयमा थोरै मूल्य हुन्छ । धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् । परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्ट थप्नुहुन्न । दुष्टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो । दुष्ट व्यक्तिको डरले त्यसलाई उछिन्ने छ, तर धर्मी व्यक्तिको इच्छा पुरा हुने छ । दुष्टहरू बितिजाने आँधीबेहरीझैँ हुन्, र तिनीहरू रहँदैनन्, तर धर्मात्माचाहिँ सदा टिकिरहने जग हो । दाँतमा सिर्का र आँखामा धुवाँजस्तै अल्छे आफूलाई पठाउनेहरूका निम्ति त्यस्तै हुन्छ । परमप्रभुले भयले जीवनको आयु लम्ब्याउँछ, तर दुष्टको आयु छोटिने छ । धर्मी मानिसहरूको आशा तिनीहरूको आनन्द हो, तर दुष्ट मानिसहरूको आयु छोटिने छ । परमप्रभुको मार्गले निष्ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्टको लागि यो विनाश हो । धर्मात्मा कहिल्यै उखेलिने छैन, तर दुष्टचाहिँ पृथ्वी रहने छैन । धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ । धर्मात्माको ओठले स्वीकारयोग्य कुरा जान्दछ, तर दुष्टको मुखले बाङ्गोटिङ्गो कुरा मात्र जान्दछ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.