Skip to content
BibleKenya

पवित्र बाइबल

नहेम्याह 7

पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए, मैले मेरा भाइ हनानी र किल्लाको निरीक्षण गर्ने हनानीलाई यरूशलेममाथिको जिम्मा सुम्पिदिएँ किनकि तिनी अरू धेरैभन्दा विश्‍वासयोग्य मानिस थिए, र परमेश्‍वरदेखि डराउँथे । मैले तिनीहरूलाई भनेँ, “घाम चर्को गरी नलागेसम्म यरूशलेमका मूल ढोकाहरू नखोल्नू । द्वारपालहरू पहरा बस्दा तिमीहरूले ढोकाहरू बन्दी गरी आग्ला लगाउनू । यरूशलेममा बस्‍नेहरूबाट केही पहरादारहरूलाई पहरा बस्‍ने ठाउँमा र केहीलाई चाहिँ तिनीहरूका आफ्नै घरको सामुन्‍ने राख्‍न नियुक्त गर्नू ।” अब सहरचाहिँ फराकिलो र विशाल थियो, तर त्यसभित्र केही मानिसहरू मात्र थिए, र अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन । मेरा परमेश्‍वरले कुलीनहरू, अधिकृतहरू र मानिसहरूलाई तिनीहरूका परिवार-परिवार गरी नाउँ दर्ता गराउनका लागि भेला गराउन मेरो हृदयमा बोझ हालिदिनुभयो । मैले सुरुमा फर्केनहरूको वंशावलीको पुस्तक भेट्टाएँ जसमा यो कुरा लेखिएको थियो । “राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । तिनीहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के । तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित छ । परोशका परिवारका २,१७२ शपत्‍याहका परिवारका ३७२ आराका परिवारका ६५२ येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८ एलामका परिवारका १,२५४ जत्तूका परिवारका ८४५ जक्‍कैका परिवारका ७६० बिन्‍नूईका परिवारका ६४८ बेबैका परिवारका ६२८ अज्‍गादका परिवारका २,३२२ अदोनीकामका परिवारका ६६७ बिग्‍वैका परिवारका २,०६७ आदीनका परिवारका ६५५ हिजकियाबाट आतेरका परिवारका ९८ हाशूमका परिवारका ३२८ बेजैका परिवारका ३२४ हारीपका परिवारका ११२ गिबोनका परिवारका ९५ बेथलेहेम र नतोपाका मानिसहरू १८८ अनातोतका मानिसहरू १२८ बेथ-अज्‍मावेतका मानिसहरू ४२ किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ रामा र गेबाका मानिसहरू ६२१ मिकमाशका मानिसहरू २२ बेथेल र ऐका मानिसहरू १२३ अर्को नेबोका मानिसहरू ५२ अर्को एलामका मानिसहरू १,२५४ हारीमका मानिसहरू ३२० यरीहोका मानिसहरू ३४५ लोद, हादीद र ओनोका मानिसहरू ७२१ सेनाहका मानिसहरू ३,९३० पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३ इम्‍मेरका परिवारका १,०५२ पशहूरका परिवारका १,२४७ हारीमका परिवारका १,०१७ लेवीहरू: होदबिया, बिन्‍नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४ गायकहरू: आसापका परिवारका १४८ द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३८ मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत, कोरेस, सीआ, पादोन, लेबाना, हगाबा, शल्‍मै, हानान, गिद्देल, गहर, रायाह, रसीन, नकोदा, गज्‍जाम, उज्‍जा, पसेह, बेजै, मोनिम, नेपुसीम, बक्‍बूक, हकूपा, हर्हुर, बस्‍लूत, महीदा, हर्शा, बर्कोस, सीसरा, तेमह, नसीह, र हतीपाका परिवारहरू सोलोमनका सेवकहरूका सन्‍तान: सोतै, सोपेरेत, पारीद, याला, दर्कोन, गिद्देल, शपत्‍याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू । मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको सङ्ख्या जम्‍मा ३९२ तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनी बताउन सकेनन्‌ । यी हुन्‌: दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२ पुजारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार, र बर्जिल्‍लैका परिवार (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरी तिनीहरूको नाउँ राखे) । तिनीहरूले आफ्नो वंशावलीका अभिलेखहरू खोजे, तर तिनलाई फेला पारेनन् । त्यसैले तिनीहरूलाई अशुद्ध ठानी पुजारीको कामबाट निष्काशन गरियो । पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्यपालले तिनीहरूलाई बताए । सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो । यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए । तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्‍चर २४५, ऊँट ४३५ र गधा ६,७२० थिए । परिवारका केही मुखियाहरूले कामको लागि दान दिए । राज्यपालले भण्डारमा १,००० सुनका सिक्‍का, ५० कचौरा र पुजारीहरूले लगाउने ५३० ओटा पोशाक दिए । परिवारका केही कामकको निम्ति मुखियाहरूले भण्डारमा २०,००० सुनका सिक्‍का र २,२०० चाँदीका सिक्‍का दिए । बाँकी मानिसहरूले २०,००० सुनका सिक्‍का, २,००० चाँदीका सिक्‍का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए । यसरी पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू, केही मानिसहरू, मन्दिरका सेवकहरू र सारा इस्राएल तिनीहरूका आ-आफ्ना सहरहरूमा बसे । सातौँ महिनासम्ममा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए ।”

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.