Skip to content
BibleKenya

पवित्र बाइबल

एज्रा 2

राजा नबूकदनेसरको निर्वासनबाट छुटेर फर्कने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । यी मानिसहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के । तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो । परोशका परिवारका २,१७२ शपत्‍याहका परिवारका ३७२ आराका परिवारका ७७५ येशूअ र योआबका सन्‍तानबाट पहत-मोआबका परिवारका २,८१२ एलामका परिवारका १,२५४ जत्तूका परिवारका ९४५ जक्‍कैका परिवारका ७६० बानीका परिवारका ६४२ बेबैका परिवारका ६२३ अज्‍गादका परिवारका १,२२२ अदोनीकामका परिवारका ६६६ बिग्‍वैका परिवारका १,०५६ आदीनका परिवारका ४५४ हिजकियाबाट आतेरका परिवारका ९८ बेजैका परिवारका ३२३ योराका परिवारका ११२ हाशूमका मानिसहरू २२३ गिबारका मानिसहरू ९५ बेथलेहेमका मानिसहरू १२३ नतोपाका मानिसहरू ५६ अनातोतका मानिसहरू १२८ अज्‍मावेतका मानिसहरू ४२ किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ रामा र गेबाका मानिसहरू ६२१ मिकमाशका मानिसहरू १२२ बेथेल र ऐका मानिसहरू २२३ नेबोका मानिसहरू ५२ मग्‍बीसका मानिसहरू १५६ अर्को एलामका मानिसहरू १,२५४ हारीमका मानिसहरू ३२० लोद, हादीद र ओनोका मानिसहरू ७२५ यरीहोका मानिसहरू ३४५ सेनाहका मानिसहरू ३,६३० । पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३ इम्‍मेरका परिवारका १,०५२ पशहूरका परिवारका १,२४७ हारीमका परिवारका १,०१७ । लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४ मन्दिरका गायकहरू: आसापका परिवारका १२८ मन्‍दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३९ । मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत, केरोस, सीआ, पादोन, लेबाना, हगाबा, अक्‍कूब, हागाबा, शल्‍मै, हानान, गिद्देल, गहरका, रायाह, रसीन, नकोदा, गज्‍जाम, उज्‍जा, पसेह, बेजै, अस्‍ना, मोनिम, नेपुसीम, बक्‍बूक, हकूपा, हर्हुर, बस्‍लूत, महीदा, हर्शा, बर्कोस, सीसरा, तेमह, नसीह, र हतीपाका परिवारहरू । सोलोमनका सेवकहरूका सन्‍तानहरू: सोतै, हस्‍सोपेरेत, पारूद, याला, दर्कोन, गिद्देल, शपत्‍याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू । मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानहरूको सङ्ख्या जम्‍मा ३९२ थियो । तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना पुर्खाहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनेर बताउन सकेनन्‌ । यी हुन्‌: दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्‍मा ६५२, र पुजारीहरूबाट: होबायाहका, हक्‍कोसका र बर्जिल्‍लै (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार । तिनीहरूले आफ्नो वंशावलीका विवरणहरू खोजे, तर ति फेला पार्न सकेनन्, त्यसैले तिनीहरूलाई अशुद्ध ठानेर पुजारीको काममा समावेश गरिएन । त्‍यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए । सम्पूर्ण समुहको जम्‍मा सङ्ख्या ४२,३६० थियो, यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू (२००) समावेश थिएन । तिनीहरूका घोडाहरू ७३६ । खच्‍चरहरू २४५ । ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए । जब तिनीहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गए, मुख्य पुर्खाहरूले मन्दिर निर्माणको लागि स्वेच्छा भेटीहरू चढाए । तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्‍का, ५,००० चाँदीका सिक्‍का र पुजारीको १०० ओटा अलखाहरू । यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.