पवित्र बाइबल
इजकिएल 19
“अब तैंले इस्राएलका अगुवाहरूका विरुद्धमा विलाप गर्, र भन्, 'तेरी आमा को थिई? एक सिंहिनी, त्यो सिंहका डमरुसँग बस्थी । त्यसले आफ्ना डमरुहरूलाई हुर्काउँदै तिनीहरूका बिचमा बस्थी । आफ्ना डमरुमध्ये एउटालाई हुर्काएर जवान बनाउने त्यो नै थिई । त्यो सिंह जसले आफ्नो शिकारलाई फहराउन सिक्यो र त्यसले मानिसहरूलाई खायो । तब जातिहरूले त्यसको बारेमा सुने । त्यो तिनीहरूको जालमा पर्यो, र तिनीहरूले त्यसलाई अङ्कुसेले समातेर मिश्रदेशमा लगे । त्यसले ऊ फर्केर आउँछ कि भनी आशा गरे तापनि आफ्नो आशा खेर गएको देखी । यसैले त्यसले आफ्नो अर्को डमरुलाई लिएर र त्यसलाई जवान सिंह हुनलाई हुर्काई । त्यो जवान सिंह अरू सिंहहरूका माझमा यताउता हिंड्डुल गर्न लाग्यो । त्यो एउटा बलियो जवान सिंह भएको थियो र त्यसले शिकारलाई फहराउन सिक्यो । त्यसले मानिसहरूलाई खान लाग्यो । त्यसले तिनीहरूका विधवाहरूलाई कब्जा गर्यो र तिनीहरूका सहरहरू उजाड पार्यो । त्यो गर्जेको आवाजले त्यो देश र त्यसको पूर्णतालाई त्यागियो । तर छेउछाउका इलाकाबाट जातिहरू त्यसको विरुद्धमा आए । तिनीहरूले त्यसमाथि पासो थापे । तिनीहरूको पासोमा त्यो पर्यो । अङ्कुसेले समातेर तिनीहरूले त्यसलाई एउटा खोरमा हाले, र तिनीहरूले त्यसलाई बेबिलोनको राजाकहाँ लगे । तिनीहरूले त्यसलाई किल्लाहरूमा ल्याए ताकि इस्राएलका डाँडाहरूमा त्यसको आवाज फेरि कहिल्यै सुनिनेछैन । तेरी आमा पानीको छेउमा तेरो रगतमा रोपिएको दाखको बोटजस्तै थिई । प्रशस्त पानीको कारणले त्यो फलवन्त र हाँगैहाँगाले पूर्ण थियो । त्यसका हाँगाहरू बलिया थिए, जसलाई शासकको राजदण्डको लागि प्रयोग गरिए, र त्यसको आकार हाँगाहरूभन्दा माथि उठ्यो, र त्यसको उचाइचाहिं त्यसका पातहरूमा देखिन्थ्यो । तर त्यो दाखको बोट क्रोधमा उखेलियो, र जमिनमा फालियो, र पूर्वीय बतासले त्यसका फललाई सुकाइदियो । त्यसका बलिया हाँगाहरू भाँचिए र सुके, र आगोले ती भस्म पारिए । यसैले अब त्यो उजाड-स्थानमा, सुक्खा र पानी नभएको ठाउँमा रोपियो । किनकि त्यसका ठुला हाँगाहरूबाट आगो निस्क्यो, र त्यसका फलहरू भस्म पार्यो । त्यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासन गर्ने राजदण्ड पनि रहेन ।' यो एउटा विलापको गीत हो, र विलापको गीतको रूपमा गाउनुपर्छ ।”
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.