पवित्र बाइबल
१ तिमोथी 4
अहिले आत्माले प्रष्टसँग भन्नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्वासलाई त्याग्नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन् । झूटा कपटहरू ध्यान दिनेछन् । तिनीहरूको आफ्नै विवेक तातो फलामले दामिनेछ । तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जून कुरा सत्यलाई जान्ने विश्वासीहरूको बीचमा धन्यवाद दिएर बाँडचुड गर्नलाई परमेश्वरले सृष्टि गर्नुभयो । किनकि परमेश्वरले सृष्टि गर्नुभएको हरेक चिज असल छ । हामीले धन्यवाद दिएर लिएका कुनै कुराहरू इन्कार गरिनु हुन्न । किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा त्यसलाई समर्पित गरिएको छ । यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्टको असल सेवक हुनेछौ । किनकि तिमी विश्वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ । तर वृद्ध स्त्रीहरूबाट प्रेम गरे गरिएका संसारिक कथाहरू अस्वीकार । बरू आफैँलाई भक्तिमा तालिम देऊ । किनकि शारीरिक तालिम केही उपयोगी हुन्छ तर भक्तिचाहिँ सबै कुराको लागि उपयोगी हुन्छ । यसमा यो अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ । यो सन्देश भरोसायोग्य र पुरा स्वीकारको योग्य छ । किनकि हामी यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौँ । किनभने हामीलाई जीवित परमेश्वरमा भरोसा छ, जो सबै मानिसहरू, विशेष गरी विश्वासीहरूका उद्धारकर्ता हुनुहुन्छ । यी कुराहरू घोषणा गर र सिकाऊ । कसैले पनि तिम्रो जवानीलाई तुच्छ नठानोस् बरू, तिमी विश्वास गर्नेहरूको लागि वचनमा, व्यवहारमा, प्रेममा, विश्वासमा, र पवित्रतामा उदाहरण होऊ । म नआउदासम्म वचन पढाईमा, अर्ति दिने कुरामा, र शिक्षा दिने कुरामा ध्यान देऊ । तिमीमा भएको वरदानलाई हेला नगर, जुन वरदान एल्डरहरूले हात राखेर अगमवाणीद्वारा तिमीलाई दिइएको थियो । यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामू प्रकट होस् । आफैँलाई र आफ्नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्नेहरूलाई बचाउने छौ ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.