Skip to content
BibleKenya

पवित्र बाइबल

१ शमूएल 26

जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, “के दाऊद यशीमोन सामुन्‍नेको हकीलाहको पहाडमा लुकिरहेका छैनन् ?” तब शाऊल उठे र इस्राएलका चुनिएका तिन हजार मानिसलाई आफूसित लिएर जीपको उजाड-स्‍थानमा दाऊदलाई खोज्न तल गए । शाऊलले हकीलाहको पहाडमा छाउनी हाले, जुन यशीमोनको अगाडीतिर बाटोको छेउमा छ । तर दाऊदचाहिं उजाड-स्‍थानमा बसिरहेका थिए र शाऊल तिनको पछिपछि उजाड-स्‍थानमा आएको तिनले देखे । त्यसैले शाऊल साँच्‍चै नै आएका थिए भनी थाहा पाउनलाई दाऊदले गुप्‍तचरहरू पठाए । दाऊद उठे र शाऊलले छाउनी हालेको ठाउँमा गए । शाऊल र तिनका फौजका सेनापति नेरका छोरा अबनेर कहाँ सुतेका ठाउँ देखे । शाऊल छाउनीमा सुते र मानिसहरूले तिनका वरिपरि छाउनी हालेका थिए र सबै मस्‍त निद्रामा थिए । तब दाऊदले हित्ती अहीमेलेक, योआबका भाइ सरूयाहका छोरा अबीशैलाई भने, “शाऊलको छाउनीमा तल मसँग को जानेछ?” अबीशैले भने, “म ! म तपाईंसँग जानेछु ।” त्यसैले दाऊद र अबीशै राती फौज भएको ठाउँतिर गए । शाऊल आफ्नो भाला आफ्नो शिर नजिकै भूइँमा गाडेर छाउनीभित्र सुतिरहेका थिए । अबनेर र तिनका सिपाहीहरू तिनको वरिपरि सुतेका थिए । अबीशैले दाऊदलाई भने, “परमेश्‍वरले आज तपाईंको शत्रुलाई तपाइईंको हातमा दिनुभएको छ । कृपया, तिनलाई एकै प्रहारमा भालाले भूइँमा रोप्‍न मलाई दिनुहोस् । म तिनलाई दोस्रो पटक प्रहार गर्दिनँ ।” दाऊदले अबीशैलाई भने, “तिनलाई नाश नगर । किनकि परमप्रभुको अभिषिक्‍त जनमाथि हात उठाएर कोचाहिं दोषरहित हुन सक्छ?” दाऊदले भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमप्रभुले नै तिनलाई मार्नुहुनेछ वा मर्नलाई तिनको दिन आउनेछ वा तिनी युद्धमा जानेछन् र नाश हुनेछन् । परमप्रभुको अभिषिक्‍त जनामाथि मैले आफ्‍नो हात उठाउने कुरा उहाँले दूर गर्नुभएको होस् । तर अब म तिमीलाई अनुरोध गर्छु, तिनको शिरमा भएको भाला र पानीको सुराही लेऊ र हामी जाऔं ।” त्यसैले दाऊदले भाला र पानीको सुराही शाऊलको शिरनेरबाट लिए र तिनीहरू गए । तिनीहरूलाई कसैले देखेन वा यो कसैले थाहा पाएन, न त कोही ब्युँझिए, किनकि तिनीहरू सबै मस्‍त निदाएका थिए, किनकि परमप्रभुबाट आएको गहिरो निद्रा तिनीहरूमाथि परेको थियो । तब दाऊद पारिपट्टि गए र टाढा पहाडको टाकुरमा खडा भए । तिनीहरू बिच लामो दूरी थियो । दाऊदले मानिसहरू र नेरका छोरा अबनेरलाई कराए । तिनले भने, “ए अबनेर के तिमीले जवाफ दिंदैनौ?” तब अबनेरले जवाफ दिए र भने, “राजामाथि कराउने तिमी को हौ?” दाऊदले अबनेरलाई भने, “के तिमी साहसी मानिस होइनौ? इस्राएलमा तिमी जस्तो को छ? तिमीले आफ्नो मालिक राजाको किन हेरचाह गरेनौ? किनकि तिम्रो मालिक राजालाई मार्न कोही आयो । तिमीले गरेको यो कुरा ठीक छैन । जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी मर्न योग्‍यका छौ किनभने तिमीले परमप्रभुका अभिषिक्‍त जन तिम्रो मालिकको हेरचाह गरेका छैनौ । राजाको शिरनेर भएको भाला र पानीको सुराही कहाँ छ, हेर !” शाऊलले दाऊदको सोर चिने र भने, “ए मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” दाऊदले भने, “हो मेरो मालिक, राजा, यो मेरो सोर हो ।” तिनले भने, “मेरो मालिकले आफ्नो दासको किन खेदो गर्नुहुन्छ? मैले के गरेको छु? मेरो हातमा के खराबी छ? यसकारण अब, म तपाईंलाई बिन्ती गर्छु, मेरो मालिक राजाले आफ्नो दासको कुरा सुन्‍नुहोस् । परमप्रभुले नै तपाईंलाई मेरो विरुद्धमा उक्साउनुभएको हो भने, उहाँले बलिदान ग्रहण गर्नुभएको होस् । तर यो मानवजाति हो भने, तिनीहरू परमप्रभुको सामु श्रापित होऊन्, किनकि तिनीहरूले मलाई आज बाहिर धपाएका छन्, ताकि म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं । तिनीहरूले मलाई भनेका छन्, 'अरू देवताहरूको पुजा गर्न जाऊ ।' यसकारण अभ, मेरो रगत परमप्रभुको उपस्थितिबाट टाढा पृथ्वीमा नबगोस् । किनभने इस्राएलका राजा शिकारीले तित्रालाई पहाडहरूमा खेदेझैं एउटा उपियाँलाई खोज्‍न निस्केर आएका छन् ।” तब शाऊलले भने, “मैले पाप गरेको छु । ए मेरा छोरा दाऊद फर्क । किनकि अब तिम्रो हानि गर्नेछैन, किनभने तिम्रो दृष्‍टिमा मेरो जीवन बहुमूल्य थियो । हेर, मैले मूर्खता गरेको छु र धेरै ठुलो गल्ती गरेको छु ।” दाऊदले जवाफ दिए र भने, “हेर्नुहोस्, हे राजा, तपाईंको भाला यहाँ छ ! जवान मानिसमध्ये एक जना यता आओस् र यसलाई तपाईंकहाँ लैजाओस् । हरेक मानिसलाई आफ्‍नो धार्मिकता र विश्‍वस्‍तताको निम्ति परमप्रभुले नै इनाम दिनुभएको होस् । किनभने परमप्रभुले तपाईंलाई आज मेरो हातमा दिनुभयो, तर मैले उहाँको अभिषिक्‍त जनलाई प्रहार गरिनँ । हेर्नुहोस्, आज मेरो दृष्‍टिमा जसरी तपाईंको जीवन बहुमूल्य थियो, त्यसरी नै मेरो जीवन परमप्रभुको दृष्‍टिमा धेरै मूल्यवान होस् र उहाँले नै मलाई मेरा सबै कष्‍टहरूबाट छुटकारा दिनुभएको होस् । तब शाऊलले दाऊदलाई भने, “ए मेरा छोरा दाऊद, तिमीलाई आशिष् मिलोस्! तिमीले निश्‍चय नै ठुला कुराहरू गर्नेछौ र तिनमा तिमी सफल हुनेछौ ।” त्यसैले दाऊद आफ्नो बाटो लागे र शाऊल आफ्नै ठाउँतिर फर्के ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.