पवित्र बाइबल
१ इतिहास 8
बेन्यामीन पाँच छोराहरूमा जेठा बेला, अश्बेल, अहरह, नोहा र रफाका थिए । बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद, अबीशू, नामान, अहोह, गेरा, शपूपान र हुराम थिएन । एहूदका सन्तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए: नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्याएका थिए । तिनी उज्जा र अहीहूदका पिता थिए । आफ्ना पत्नीहरू हुशीम र बारासित सम्बन्ध-बिच्छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने । सहरेम आफ्नी पत्नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्काम, यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए । तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्पालका पिता भइसकेका थिए । एल्पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे) । बरीआ र शेमा पनि त्यहाँ थिए । तिनीहरू गातका बासिन्दाहरूलाई निकालेर अय्यालोनमा बस्नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए । बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत, जबदियाह, आराद, एदेर, मिखाएल, यिश्पा र योहा बरीआका छोराहरू थिए । एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्लाम, हिज्की, हेबेर, यिश्मरै, यिज्लीअ, र योबाब थिए । शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्दी, एलीएनै, सिल्लतै, एलीएल, अदायाह, बरायाह र शिम्रात थिए । शाशकका छोराहरू यि नै थिएः यिश्पान, एबेर, एलीएल, अब्दोन, जिक्री, हानान, हनन्याह, एलाम, अन्तोतियाह, यिपदिया र पनूएल । यरोहामका छोराहरू यि नै थिएः शम्शरै, सहर्याह, अतल्याह, यारेश्याह, एलिया र जिक्री । यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्नेहरूका मुख्य मानिसहरू थिए । गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्थे, तिनकी पत्नीको नाउँ माका थियो । तिनका जेठा छोरा अब्दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब, गदोर, अहियो, र जेकेर, थिए । यीएलका अर्का छोरा मिक्लोत थिए, जो शिमाहका पिता भए । तिनीहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूका नजिक बस्थे । नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए । जोनाथनका छोरा मरीब्बाल थिए । मरीब्बाल मीकाका पिता थिए । मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए । आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए । मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए । आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए । तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्छा एलीपेलेत थिए । ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै , जम्मा १५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्यामीनका सन्तानहरू थिए ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.