पवित्र बाइबल
१ इतिहास 25
दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्ये कसैलाई वीणा, सारङ्गी र झ्यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः आसापका छोराहरूबाटः जक्कूर, योसेफ, नतन्याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले । यदूतूनका छोराहरूबाटः गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तित्याह, आफ्ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्यवाद र स्तुति गर्नको निम्ति वीणा बजाउँथे । हेमानका छोराहरूबाटः बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर र महजीओत । यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए । परमेश्वरले हेमानको सिङ्लाई उच्च पार्नको निम्ति चौध छोराहरू र तिन छोरीहरू दिनुभयो । तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्वरको मन्दिरको सेवा गर्दा झ्याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए । सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्या २८८ जना थियो । जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्ति चिट्ठा हाल्थे । आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्यो । दोस्रो चिट्ठा गदल्याहको परिवारलाई पर्यो, जम्मा १२ जना, तेस्रो चिट्ठा जक्कूर र तिनका छोराहरू र आफन्तलाई पर्यो, जम्मा १२ जना, चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्यो, जम्मा १२ जना, पाँचौं नतन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, छैटौं बुक्कियाह र तिनका छोराहरू र लाई पर्यो, जम्मा १२ जना, सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, आठौं यशयाह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, नवौं मत्तन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, दशौं शिमीका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा बाह्र जना, एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, बाह्रौं हशब्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, तेह्रौं शूबाएल र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, चौधौं मत्तित्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, पन्ध्रौं यरीमोत र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, सोह्रौं हनन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, सत्रौं योश्बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, अठारौं हनानी र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, उन्नाईसौं मल्लोती र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, बिसौं एलीआता र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, एक्काईसौं होतीर र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, बाईसौं गिद्दलती र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, तेईसौं महजीओत र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.